काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लानुभएको छ ।
गत वैशाख ३० गते भएको निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म भएको मतगणना अनुसार बालेनले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ र नेकपा एमालेका केशव स्थापितसँग मतान्तर बढाउँदै लानुभएको हो ।
निर्वाचन आयोगका अनुसार बालेनले हालसम्म ३९ हजार ५१५ मत प्राप्त गरिसक्नुभएको छ। उहाँको निकटतम् प्रतिस्पर्धी कांग्रेसकी सिर्जनाले २२ हजार २७० मत प्राप्त गर्नुभएको छ ।
मेयरमा कांग्रेस उम्मेदवार सिर्जनाकोभन्दा बालेनले १७ हजार २४५ बढी मत प्राप्त गरिसक्नुभएको छ ।
एमाले उम्मेदवार स्थापित अहिले तेस्रो स्थानमा हुनुहुन्छ । । स्थापितले हालसम्म २१ हजार ७७५ मत प्राप्त गर्नुभएको छ। स्थापितकोभन्दा बालेनले १७ हजार ७४० बढी मत प्राप्त गर्नुभएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल