स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ : महामन्त्री शर्मा

Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्वतन्त्र उम्मेदवारहरूलाई जनताको हितमा काम गर्न सघाउनुपर्ने बताउनु भएको छ ।
काठमाडौं महानगरपालिका र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार जित नजिक रहेका र धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले जितेपछि एक्लैलाई काम गर्न असहज हुने टिप्पणी हुँदै आएको बेला शर्माको यो अभिव्यक्ति आएको हो । शर्माले भनेका छन्, ‘कसरी काम गर्लान् ? प्रश्न नगरी जनताको हितमा काम गर्न सघाउनुपर्छ ।’

धरान उपमहानगरपालिकामा निर्वाचित प्रमुख हर्क साम्पाङलाई उनले बधाई पनि दिँदै साम्पाङसहितका स्वतन्त्र उम्मेदवारहरूको जितले दलहरूलाई दिएको सन्देशलाई आत्मसाथ गर्नुपर्ने शर्मा बताउनु हुन्छ ।

माओवादीप्रति लक्षित गर्दै शर्माले ‘बुलेट’ले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले ‘ब्यालेट’बाट आएकालाई सहज आत्मसाथ गर्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?