कृतिका यु-१९ टोलीकी कप्तान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले युवा स्पिनर कृतिका मरासिनीलाई यु-१९ टोलीको कप्तानमा नियुक्त गरेको छ । मलेसियामा हुने यु-१९ वुमन्स विश्वकप एसिया क्षेत्रको छनोटका लागि नेपालले कृतिकालाई कप्तानमा नियुक्त गरेको हो ।

१७ वर्षीय कृतिकाले लुम्बिनी प्रदेशबाट घरेलु क्रिकेट खेल्ने गर्नुहुन्छ । २०१९ मा चीनमा भएको बि एन्ड आर कप प्रतियोगितामा कृतिका सर्वोत्कृष्ट बलर चुनिनुभएको थियो । अर्को वर्ष पहिलोपटक दक्षिण अफ्रिकामा हुन लागेको यु-१९ विश्वकपको नेपालले एसिया क्षेत्र जित्नुपर्ने हुन्छ ।

जुन पहिलो साता मलेसियामा हुने एसिया क्षेत्र छनोटमा नेपाल, युएई, मलेसिया, कतार, चीन, भुटान, म्यानमार र थाइल्यान्ड छन् । शीर्षस्थानमा रहने टोलीले २०२३ मा दक्षिण अफ्रिकामा पहिलोपटक हुने यु-१९ टी-२० वुमन्स विश्वकप खेल्न पाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?