नेपाल टी–२० खेल्ने ६ टिममा कुन–कुन परे ?

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको नेपाल टी–२० लिगको टिमको नाम सार्वजनिक गरेको छ । क्यानको बसेको बोर्ड बैठकले प्रतियोगिता खेल्ने ६ टिमको नाम टुंगोसहित सार्वजनिक गरेको हो ।

प्रतियोगिता ८ असोजबाट ५ कात्तिकसम्म हुने यस अघि नै क्यानले निर्णय गरेको थियो । लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी भैरहवा र फार वेस्टर्न नाम घोषणा गरेको छ ।

यसअन्तर्गत रहेर क्यानले टिम नाम बेच्ने छ र मालिकसमेत सार्वजनिक गर्नेछ । यसपछि भने खेलाडी अक्सन हुनेछ ।

यसअघि नै क्यानका कार्यवहाक सचिव प्रशान्तविक्रम खेलाडीको अक्सन न्यूनतम ५ लाखबाट अधिकतम १५ लाखसम्म हुने बताएका छन् ।

प्रतियोगिता आयोजनाको लागि क्यानले कमर्सियल पार्टनरमा सेभेन थ्री स्पोर्टस्सँग सम्झौता गरेको थियो । क्यानले यस प्रतियोगिता आयोजना गर्ने भएसँगै यसअघि सञ्चालनमा आएका तीन फ्रेन्चाइज प्रिमियर लिगले राष्ट्रिय मान्यता नपाउने भएका छन् ।

नेपालमा संचालनमा आएका एभरेष्ट प्रिमियर लिग (ईपीएल), धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) ले अब क्षेत्रीय लिगको संरचनामा गएमात्रै मान्यता पाउनेछन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?