आजको मौसम : यी स्थानहरुमा हावाहुरी र मेघ गर्जनसहित बर्षा हुने

Read Time = 2 mins

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भईरहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै महाशाखाले सतर्कता अपनाउन भनेको छ । देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन भनेको छ ।

यस्तै दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

यता, महाशाखाले शनिबार पनि प्रदेश १ र मधेस प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?