असल जिम्मेवार जनप्रतिनिधिको रुपमा काम गर्छु : उपमेयर डंगोल

Read Time = 3 mins
A A- A+

काठमाडौं । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले काठमाडौंबासीको असल जिम्मेवार जनप्रतिनिधिको रुपमा आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित निर्वाचित मतपरिणाम घोषणा कार्यक्रममा बोल्दै नवनिर्वाचित उपमेयर डंगोलले आफूले निर्वाचनको परिणामलाई उत्साहको रुपमा भन्दा पनि जिम्मेवारीबोधको रुपमा लिएको प्रतिक्रिया समेत दिनु भयो । आफूले निर्वाचनको बेला भन्ने गरेको स्वच्छ, सफा, जीवन्त, व्यवस्थित, सांस्कृतिक नगरी काठमाडौं महानगरपालिकालाई बनाउने अभियान आजैबाट सुरु भएको उल्लेख गर्दै उहाँले त्यसमा साथ दिन पनि सबै मतदाताहरुलाई आह्वान गर्नु भयो । उपमेयर डंगोलले आफूहरुको जीतले युवाहरुमा आशाको द्धिप बलेको उल्लेख गर्दै त्यसलाई निभ्न नदिने दृढता समेत व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘यो जीतलाई मैले उत्साहभन्दा पनि जिम्मेवारीको रुपमा लिएको छु । यो जिम्मेवारीलाई कर्तव्यनिष्ट भई इमान्दारितपूर्वक काठमाडौंबासीको असल जिम्मेवार जनप्रतिनिधिको रुपमा काम गर्ने प्रतिवद्धता पनि यहाँहरुमाझ जाहेर गर्न चाहन्छु । यसको साथसाथै काठमाडौं महानगरपालिकालाई सुरुको दिनदेखि नै भन्दै आएको स्वच्छ, सफा, जीवन्त, व्यवस्थित सांस्कृतिक नगरी बनाउने यो अभियान आजबाटै सूरु भएको छ, औपचारिक रुपमा । यो अभियानमा जसरी यहाँहरुले युवाहरुलाई विश्वास गर्नु भएको छ । राजनीतिलाई फोहोरी खेल भन्ने युवा जमात बढिरहँदा यो जीतले केहीनकेही आशाको किरण, आशाको द्धीप थपि दिएको छ । र, यो आशाको द्धीपलाई निभ्न दिनेछैन । यसका लागि यहाँहरुलाई पनि साथ दिनुपर्छ । एक÷अर्काको खुट्टा तान्ने प्रवृतिबाट माथि उठनुपर्छ । म भन्ने शब्दभन्दा माथि उठनु पर्छ । हामी भएर काम गर्नुपर्छ । गल्ती भए सुधारका लागि खवरदारी गर्नुहोला ।’
उपमेयर डंगोलले एक÷अर्काको खुट्टाको तान्ने प्रवृत्तिभन्दा माथि उठेर काम गर्ने आफ्नो योजना रहेको पनि बताउनु भयो । उहाँले आफूहरुबाट गल्ती हुन नदिन आम मतदाताले खवरदारी गरिरहने विश्वास समेत व्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?