कान्तिपुर हाफ म्याराथन जेठ २१ मा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । १०औं संस्करणको कान्तिपुर हाफ म्याराथन जेठ २१ गते शनिबार हुनेभएको छ । कान्तिपुर पब्लिकेशन्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन जेठ २१ गते हुने जनाएको छ । यस संस्करणको प्रतियोगितामा पुरुष र महिलाको हाफ म्याराथन, कर्पोरेट दौड र हिृवलचियर दौड विधा समावेश गरिएको छ । यस पटक झण्डै चार हजार धावक सहभागी हुने आयोजकले जनाएको छ ।

हाफ म्याराथनको महिला पुरुष विजेताले एक लाख, उपविजेताले ५० हजार र तेस्रोले ३० हजार पाउनेछन् । चौंथोले २० हजार र पाँचौंले १० हजार पाउने छन् । कर्पोरेटको विजेताले पोखरामा दुई रात र तीन दिन घुम्ने प्याकेज उपलब्ध गराइनेछ । उपविजेताले नगरकोटमा एक रात र तेस्रोले माउण्टेन फ्लाइटको प्याकेज पाउने छन् ।

हिृवलचेयरको विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार पाउने छन् । हाफ म्याराथन कान्तिपुर पब्लिकेशन्सको मुख्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भई माइतीघर, बिजुलीबजार, नयाँबानेश्वर, तीनकुने, कोटेश्वर, गठ्ठाघर, सानोठिमी, सल्लाघारी पुगेर सोही रुटमा फर्कँदै बिजनेस पार्कमा समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?