नेपालको पहिलो प्रतिद्वन्द्वी कतार

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आइसिसी यु-१९ महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ । मलेसियामा आयोजना हुने छनोटको खेल तालिकाअनुसार नेपालको पहिलो प्रतिद्वन्द्वी कतार परेको छ ।

नेपालले कतारसँग जुन ३ मा खेल्नेछ । छनोटमा नेपालसहित मलेसिया, युएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् । नेपालले दोस्रो खेलमा युएईविरुद्ध जुन ४ मा खेल्दा भुटानविरुद्ध जुन ६ मा खेल्नेछ । त्यस्तै नेपालले जुन ७ मा थाइल्यान्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्नेछ ।

नेपालले छनोटका लागि कृतिका मरासिनीलाई कप्तानी चयन गरिसकेको छ । १७ वर्षीय कृतिकाले लुम्बिनी प्रदेशबाट घरेलु क्रिकेट खेल्ने गर्नुहुन्छ । २०१९ मा चीनमा भएको बि एन्ड आर कप प्रतियोगितामा कृतिका सर्वोत्कृष्ट बलर चुनिनुभएको थियो । अर्को वर्ष पहिलोपटक दक्षिण अफ्रिकामा हुन लागेको यु–१९ विश्वकपको नेपालले एसिया क्षेत्र जित्नुपर्ने हुन्छ ।

जुन पहिलो साता मलेसियामा हुने एसिया क्षेत्र छनोटमा नेपाल, युएई, मलेसिया, कतार, चीन, भुटान, म्यानमार र थाइल्यान्ड छन् । शीर्षस्थानमा रहने टोलीले २०२३ मा दक्षिण अफ्रिकामा पहिलोपटक हुने यु-१९ टी-२० वुमन्स विश्वकप खेल्न पाउनेछ ।

नेपालको १४ सदस्यीय टोलीमा कृतिका मरासिनी (कप्तान), स्नेहा महरा (उपकप्तान), सृष्टि जैसी, मनिषा उपाध्याय, मनिषा रानामगर, एलिसा यादव (विकेटकिपर), साना प्रविन, रञ्जु श्रेष्ठ (विकेटकिपर), आस्मा पुलामी मगर, सनु राजवंशी, किरण कुँवर, अञ्जली विक, अनु कडायत र सुस्मिता भुसाल रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?