च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडलाई

Read Time = 1 min

पेरिस । यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडले जितेको छ। लिभरपुललाई १-० गोल अन्तरले हराउँदै रियल च्याम्पियन बनेको हो।

शनिबार राति फ्रान्सको पेरिसमा भएको फाइनल खेलमा रियललाई जित दिलाउन भिनिसियस जुनियरले खेलको ५९ औँ मिनेटमा गोल गरे। सो गोल नै निर्णायक बन्दा रियलले उपाधि हात पारेको हो।

त्यसबाहेक खेलको ४४ औं मिनेटमा करिम बेन्जिमाले गरेको गोलले मान्यता पाएन । उनको गोल अफसाइड रह्यो ।

यस्तै लिभरपुलले थुप्रै गोलको अवसर खेर फाल्यो । लिभरपुलका मोहमद सलाह, साडियो माने लगायतका उत्कृष्ट आक्रमण रियलका गोलकिपर थिबाउट कोर्टुवाले उत्कृष्ट बचाऊ गरे ।

यो जितसँगै रियल कीर्तिमानी १४ औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ। रियलले पछिल्लो पटक २०१८ मा च्याम्पियन्स लिग जितेको थियो। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?