जोमसोम । उडानको क्रममा आइतबार बिहान सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न नेपाली सेना र नेपाल प्रहरी बिहानै खटिएको छ ।
मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट उडेको विमान सम्पर्कविहीन भएको थियो । तर, नेपाली सेना र प्रहरीसहितको उद्धार टोलीले सम्भावित केही क्षेत्रमा खोजी गरेपनि भेट्टाउन सकेको थिएन ।
सोमबार बिहानैबाट खोजीलाई निरन्तरता दिइएको छ ।
२२ जना यात्रु सवार कल साइन ‘९ एन-एइटी’ को विमान आइतबार बिहान १०स्७ बजेदेखि सम्पर्कविहीन बनेको थियो ।
विमान जोमसोमका लागि उडे पनि सम्पर्कमा नआउँदा दुर्घटनामा परेको आशंका गरिएको छ । म्याग्दीस्थित मानापाथी हिमालको फेदीतिर दुर्घटना भएको आशंका गरिएको छ ।
सम्पर्कविहीन एयरमा सवार चालक दलको सदस्यहरु -
१.क्याप्टेन प्रभाकर घिमिरे
२. उत्सव पोखरेल
३. एयर होस्टेज क्रिष्टी थापा
यात्रुहरु -
१.बान्देकर वैसवी
२.इन्द्रबहादुर गोले
३.पुरुषोत्तम गोले
४.राजनकुमार गोले
५.मेइक ग्रीटग्राफ
६.बसन्त लामा
७.गणेश नारायण श्रेष्ठ
८.रवीना श्रेष्ठ
९.रश्मी श्रेष्ठ
१०.रोजिना श्रेष्ठ
११.प्रकाश सुनुवार
१२.मकरबहादुर तामाङ
१३.राममाया तामाङ
१४.सुकुमाया तामाङ
१५.तुलसादेवी तामाङ
१६.अशोककुमार त्रिपाठी
१७.धनुश त्रिपाठी
१८.ऋतिका त्रिपाठी
१९.वी विलनर




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि