काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्र संसदमा भए पनि संसदवादी नभएको बताउनु भएको छ ।
नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन केन्द्रीय कार्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा प्रचण्डले यस्तो बताउनु भएको हो ।
प्रचण्डले आफूहरुलाई संसदवादी नभन्ने र नमान्ने तर बहुदलीय प्रस्पिर्धालाई स्वीकार गर्ने बताउनुभयो । बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरेपनि संसदवादलाई स्वीकार नगरेको उहाँको जिकिर थियो ।
पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन यो ‘स्टेप’बाट जानुपर्ने भएकाले यतातिर लागेको उहाँको भनाइ छ । यो प्रक्रियालाई सदुपयोग गरेर अघि बढ्नमा मात्रै खोजेको हो । तर, यसबीचमा हामीमा देखिएको कार्यशैली र आचरण हाम्रो उदेश्यसँग मिलेको छैन । उहाँले भन्नुभयो ‘यही विन्दुबाट हामी सुध्रिनु पर्छ ।’
प्रचण्डले पछिल्लो पाँच वर्षमा पार्टीको भूमिका असाध्यै कमजोर भएको पनि बताउनु यभो। पार्टीको राजनीतिक वैचारिक उदेश्य के हो ? हाम्रो पार्टीको पहिचान के हो भनेर जनप्रतिनिधिलाई बुझाउन अभिमुखिकरण आयोजना गरेको बताउनु यभो । कार्यक्रममा उहाँले पार्टीमा क्रमशः पहिचानको संकट समेत आएको समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो दस्तावेजमा हामी क्रान्तिकारी हौं भनेर त छ तर व्यवहारमा अरु पार्टी र हामीबीच पहिचान नै मेटिने अवस्था छ । कतिपय अवस्थामा माओवादी पार्टी अझै खराब छन् कि भनेर जनतालाई परेको छ । तर, त्यस्तो होइनौँ । हामी विचारका हिसाबले उन्नत विचारको पक्षपोषण गर्छौं । वैज्ञानिक समाजवाद र समाजवादी क्रान्तिका कुरा गरेका छौँ ।’
उहाँले नेकपमा माओवादी केन्द्रले उन्नत र सुसँस्कृत मानिसहरु उत्पदान गर्ने कुरामा जोड दिने गरेको बताउनु भयो । पार्टी उत्पादन, उत्पादकत्व, श्रम र साँस्कृतिक रुपान्तरणको एकीकृत अभियान चलाएर समाजवादका भ्रुणहरू गाउँगाउँबाट, टोलटोलमा बनाउनुपर्छ भनेर लागेका बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘तर, जनताले हामीलाई युद्धकालमा जसरी लिन छाडेका छन् । पहिला हामी जनतासँगै थियौँ उनीहरूले गर्वका साथ हाम्रो रक्षक भनेर पत्याउथेँ । अहिले हामी जनयुद्धमा पनि छैनौं, शन्तिपूर्ण बाटोबाट समाजवाद ल्याउने बाटोमा छौं । अब जनताले हामीलाई चिन्ने भनेको जनप्रतिनिधिको कामले मात्रै हो । जनताले तपाईहरूलाई नै माओवादीका रुपमा हेर्ने गर्छन् । अरु ठूला नेतालाई पनि जनताले हेर्दैनन् । आफ्नो आचरण व्यवहारबाट जनतालाई खुसी पार्नुहोस् ।’
कार्यक्रममा माओवादीबाट देशभरमा निर्वाचित पालिका प्रमुख र उपप्रमुखको सहभागीता थियो । माओवादी केन्द्रले देशभरबाट एक सय २० प्रमुख र एक सय २६ उप्रमुखमा जितेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच