बाली संरक्षण समाजमा नयाँ नेतृत्व

Read Time = 2 mins

काठमाडौं । बाली संरक्षण समाजको अध्यक्षमा डा. डिल्लीराम शर्मा चयन हुनुभएको छ । बुधबार काठमाडौंमा सम्पन्न समाजको साधारणसभाले शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा सहदेवप्रसाद हुमागाई, महासचिवमा डा. सुन्दर तिवारी, सहसचिवमा देवराज अधिकारी र कोषाध्यक्षमा सावित्री बराल चयन हुनुभएको समाजले जनाएको छ । सदस्यहरूमा कपिल काफ्ले, ललित साह, सुरेन्द्र सुवेदी, रामप्रसाद मैनाली, शृंखला मानन्धर र ध्रुवराज भट्ट रहनुभएको छ ।

बाली संरक्षण क्षेत्रमा कार्यरत कर्मचारी, नीति निर्माता, अनुसन्धानकर्ता, प्राध्यापक, प्राविधिक तथा व्यवसायीसमेतको साझा संस्थाका रूपमा २०५९ चैतमा समाज गठन भएको हो । बाली संरक्षणको क्षेत्रमा कार्यरतको मनोबल उच्च बनाउन विभिन्न गतिविधि गर्ने, विषादी व्यवस्थापन तथा बाली संरक्षणलगायतका विषयमा जनचेतना जगाउँदै कृषि उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि सहयोग गर्ने समाजको उद्देश्य रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?