भन्सालीको सिरिज ‘हीरामण्डी’ लाई दुईसय करोड बजेट

Read Time = 3 mins

एजेन्सी । सञ्जय लीला भन्सालीको महत्वकांक्षी सिरिज ‘हीरामण्डी’को काममा जुटिसक्नु भएको छ । उहाँ निर्देशित गंगुवाई कठियावाडी हलसँगै ओटीटीमा समेत प्रदर्शन भइसकेको अवस्थामा उहाँले आफ्नो ध्यान सिरिजमा केन्द्रित गर्नुभएको छ । १८ जना अभिनेत्री रहने भनिएको सिरिजको सम्पूर्ण एपिसोडलाई आफूले निर्देशन नगर्ने निर्देशक भन्सालीले बताइसकेका छन् । यद्यपि सिरिज निर्माणको लागि नेट्फिल्क्स्लिे सय करोड भारु दिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार भन्सालीले डिरेक्सन डिपार्टमेन्टकका लागि मात्र ६० करोड छुट्याउनु भएको छ । यसका साथै उहाँले कलाकारमा ४० करोड खर्च गर्नसक्ने अनुमान गरिएको छ । बाँकीको रकम छायांकन र पोष्ट प्रोडक्सनमा खर्च हुनेछ । उहाँले आफैँले सम्पूर्ण एपिसोड निर्देशन नगर्ने भएपछि नेट्फिल्क्स्लिे २ सय करोडको मात्र बजेट पास गरेको बुझिएको छ ।

‘मैले सम्पूर्ण एपिसोड निर्देशन गर्दै छैन । खासमा मलाई गंगुवाई कठियावाडीपछि ब्रेक चाहिएको थियो । यद्यपि मैले काम गर्ने तय भइसकेकाले गर्दा सुरु गर्दैछु’, उहाँले भन्नुभएको छ । उहाँले यस सिरिजको हरेक एपिसोड इन्डिपेन्डेन्ट फिल्म मेकर्सको जस्तो हुनेसमेत बताउनुभएको छ । यसको हरेक एपिसोडमा आत्मनिर्भर फिल्म मेकर्सको स्वाद पाउनु हुनेछ । ‘हामी चाहन्छौं कि यसका हरेक पात्रले जीवन पाउन हामी सानोभन्दा सानो क्यारेक्टरमा पनि जीवन भर्न चाहन्छौं’, सञ्जयले भन्नुभयो । उहाँले कुराकानीकै क्रम सिरिजमा आफैंले संगीत दिनेसमेत बताउनुभएको छ । १८ अभिनेत्रीको अभिनय रहने बताइएको सिरिजमा १९औं शताब्दीदेखि भारत पाकिस्तान विभाजनसम्मको कथा पस्किने जनाइएको छ । यसमा मनीषा कोइराला, सोनाक्षी सिन्हा, जुही चावला, संजीदा शेख, निम्रत कौर, डायना पेन्टीसहित १८ जना अभिनेत्री रहने छन् ।

नेट्फिल्क्स्मिा सार्वजनिक हुने यो सिरिज आठ भागको हुनेछ । सिरिजको पहिलो र अन्तिम एपिसोड भन्साली स्वयंले निर्देशन गर्नुहुनेछ भने बाँकी भाग विभु पुरी र मताक्षरा कुमारले निर्देशन गर्नुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?