
बागलुङ । जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अमर थापा चयन हुनु भएको छ । थापासहित उपप्रमुखमा होमनाथ शर्मा र सदस्यहरु पनि गठबन्धनकै उम्मेदवारहरु सर्वसम्मत चयन हुनुभयो ।
निर्वाचन कार्यतालिका अनुसार बिहीबार दुई बजेसम्म सत्ता गठबन्धनका उम्मेदवारबाहेक कसैको पनि उम्मेदवारी नपरेका कारण प्रमुख र उपप्रमुखसहित ९ जना सदस्य सर्वसम्मत चयन भएको सहायक निर्वाचन अधिकृत गंगाधर सापकोटाले जानकारी दिनुभयो ।
राष्ट्रिय जनमोर्चाको तर्फबाट उमेद्वारी दिएका थापा र नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारी दिएका शर्मासहित जिल्ला समन्वय समितिमा तीन दलको सहभागिता छ । सदस्यहरुमा महिला सदस्य नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारी दिनुभएकी हरिकला पौडेल, एकीकृत समाजवादीको तर्फबाट उम्मेद्वारी दिनुभएकी जसोधा शर्मा र राष्ट्रिय जनमोर्चाबाट उम्मेद्वारी दिनुभएकी धनकुमारी खत्री सर्वसम्मत चयन हुनु भयो ।
अल्पसंख्यक दलित सदस्यतर्फ नेपाली कांग्रेसबाट उम्मेद्वार बन्नुभएकी कौशीला विक निर्वाचित हुँदा खुल्ला सदस्यतर्फ माओवादी केन्द्रका तर्फबाट हर्कबहादुर पाण्डे, कांग्रेसबाट टेक बहादुर अर्गेजा र पदम बहादुर क्षेत्री सर्वसम्मत निर्वाचित हुनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वसम्मत चयन भएका सबैलाई निर्वाचनका प्रकृया पूरा गरेर घोषणाको तयारी गरिरहेको सापकोटाले बताउनु भयो । बागलुङमा एउटा मात्रै प्रमुख जितेको नेकपा एमालेले कुनैपनि पदमा उम्मेद्वारी नदिएपछि सत्ता गठबन्धनमा रहेका दलहरुका बिचमा भएको सहमति अनुसार उम्मेद्वारी दिएका सबै सर्वसम्मत निर्वाचित भएका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच