सङ्घे शक्ति कलौ युुगे सङ्घमा वा एकतामा नै शक्ति छ कलियुुगमा । एकता नै मानवहितको सबैभन्दा बलवान् शक्ति मानिएको छ । ईश्वरीय सृष्टिमा सबै प्राणीमा एकता रहेको हुुन्छ । मानिस भने अनेकतामा एकताको खोज गर्दछ तर एकता उसका लागि सबल बनेर आएको हुुँदैन । यही हो मानवीय धर्म र मानवीय चेतनाको भावना पनि । यही भावनामा जीवन्त बनेका हुुन्छन् सङ्घ वा सङ्गठनहरू । सङ्घ तथा सङ्गठनको काम अनेकतामा बाँडिएर रहेका सबैलाई एकसूूत्रमा बाँध्नुु हो । यही अवस्थामा सङ्घ सङ्गठनले काम गरेका हुुन्छन् र गरिरहेका पनि छन् । आजको अवस्था पनि यही हो । सत्यलाई स्वीकार गर्ने हो भने पनि ।
सबल काङ्ग्रेस :
नेपाली काङ्ग्रेस इतिहासको कालखण्डमा धेरै सङ्घर्ष गरेर आएको राजनीतिक पार्टी हो । यसले नेपालको नागरिक स्वतन्त्रताका लागि लामो संघर्ष गरेको छ । नेपाली कांगे्रससित नजिक रहेका सबैलाई यो कुरा जानकारी रहेको छ । २०६२/०६३ को आन्दोलनपछि नेपाली काङ्ग्रेसको अवस्था दिनानुुदिन कमजोर बनेको देखियो । यो राजनीतिक दल नेपाली समाज र देशका लागि कमजोर बनेर नै रहृयो । नेपालको संविधान २०७२ लागू भएको पहिलो निर्वाचनमा काङ्ग्रेसको अवस्था दयनीय नै बनेर आयो । वामएकताका माध्यमबाट नेपालमा कम्युुनिस्टको सरकार उदायो । नेपालको राजनीतिको इतिहासमा लगभग दुुई तिहाइ मतका साथ उदाएको सबल, सक्षम, सम्पन्न सरकार थियो ।
खड्गप्रसाद ओली प्रधानमन्त्री भए । भाषण गर्न सिपालुु, वाक्कलामा निपुुण उनले देशको काँचुुली फेर्नेछन् भन्ने अभिलाषा धेरैले राखे तर त्यसो हुन सकेन । पाँचवर्ष उनले शासन चलाउन सकेनन् । दुुईपटक प्रतिनिधिसभा विघटन गरेर आमनिर्वाचन घोषणा गरे । सर्वोच्च अदालतले दुुई पटक नै प्रतिनिधिसभालाई बिउँतायो र नचाहँदा नचाहँदै पनि शेरबहादुुर देउवा प्रधानमन्त्री बने । उनकै प्रधानमन्त्री कालमा पार्टीको अधिवेशन सम्पन्न भयो । पूूर्ण बहुुमतका साथ सभापतिमा उनी चुुनिए । उनको प्रधानमन्त्रीत्वको परीक्षा २०७९ साल वैशाख ३० गते सम्पन्न भएको स्थानीयतहको निर्वाचनको नतिजा थियो । सत्तासाझेदार दलका बीचमा महानगर र उपमहानगरमा गठबन्धन भयो । अन्य पालिकाका हकमा भने स्थानीय तहको आवश्यकता र औचित्यअनुुसार गठबन्धन गर्ने निर्णय भयो ।
पार्टीका कतिपय नेताले गठबन्धन गर्नु हुुँदैनभन्दा पनि उनी गठबन्धनको पक्षमा रहे । अन्ततः स्थानीयतहको निर्वाचनमा आफूलाई अब्बल दर्जाको राजनीतिक पार्टी बनाउन नेपाली काङ्ग्रेस सफल भयो । कतिपय ठाउँमा उम्मेदवार चयनमा गलत निर्णय गरियो भने कतिपय ठाउँमा काङ्ग्रेसजनमा रहेको पुुरानो रोग अन्तर्घातले मलजल ग¥यो र हार व्यहोर्न बाध्य बनाइयो काङ्ग्रेस उम्मेदवारलाई । जे जस्तो अवस्था रहे पनि स्थानीय तहको निर्वाचनमा काङ्ग्रेस नेपाली राजनीतिको एउटा सबल पार्टी हो भन्ने कुरालाई प्रमाणित गरिदिएको छ । यही काङ्ग्रेस पार्टीको शुुभेच्छुुक सङ्गठन हो प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल । विश्वविद्यालयमा अध्यापन गराउने काङ्ग्रेस समर्थित गुुरुहरूको सङ्गठन हो यो ।
अन्योलमा महाधिवेशन :
प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल नेपाली काङ्ग्रेसको शुुभेच्छुुक संस्था हो । यो भ्रातृसंस्था होइन । यो सङ्गठनले विसं. २०७३ साल फागुुन २० र २१ गते चौथो अधिवेशन सम्पन्न गरेको थियो । काठमाडौंमा सम्पन्न भएको चौथो महाधिवेशनबाट सहप्राध्यापक जगत तिमिल्सिना प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालको अध्यक्ष चुुनिए । उनले आफ्नो कार्यकाल सम्पन्न गरे । कोरोना महामारीका कारण समयमा अधिवेशन हुन सकेन । परिवर्तित नेपालको संरचनाअनुुसार २०७७ भदौ २५ गते प्रा.वासुुदेव घिमिरेको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरियो । सो समितिले २०७८ फागुन १९ गते संशोधित विधान अध्यक्ष समक्ष पेश ग¥यो । उक्त संशोधित विधानअनुुरूप २०७८ फागुुन २७ र २८ गते पाँचौं महाधिवेशन गर्ने निर्णय गर्यो ।
समयमा नेपालका विभिन्न विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धनप्राप्त पब्लिक क्याम्पसमा एकाइ समितिको निर्वाचन हुन नसकेका कारण सो अधिवेशन तोकिएको समयमा सम्पन्न हुन सकेन । सम्पन्न नहुुनुुका कतिपय कारण भिन्न हुन सक्लान् त्यसको लेखाजोखा अवश्य हुनेछ । तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि पुनः २०७९ साल वैशाख ५ र ६ गते अधिवेशन सम्पन्न गर्ने निर्णय गर्यो ।
नेपाल सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि काङ्ग्रेस समर्थित प्राध्यापक निर्वाचनमा काङ्ग्रेसलाई पहिलो पार्टी बनाउनुुपर्छ भनेर जुुटे । सफल पनि भए । उक्त समयमा पनि अधिवेशन सम्पन्न हुन सकेन । अधिवेशन २०७९ सालको जेठ महिनाको २६ र २७ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय ग¥यो । एकाइको अधिवेशन गर्न बाँकी रहेका क्याम्पसको निर्वाचन सम्पन्न भइसकेको थियो ।
महाधिवेशनबाट नयाँ समिति आउनेछ । प्रजातन्त्रवादीको हकहितका लागि सदा लडिरहनेछ भन्ने आशयका साथ सबै प्रजातन्त्रवादी प्राध्यापकहरू अघि बढे । सम्माननीय प्रधानमन्त्रीबाट प्रज्ञाभवनमा उद्घाटन हुने अधिवेशनका लागि सामाजिक सञ्जालमार्फत उम्मेदवारीसमेत घोषणा गरे इच्छा राखेका प्राध्यापकहरूले । महाधिवेशनको तयारीमा प्रजातन्त्रवादी प्राध्यापक सङ्घ सक्रिय बन्यो । विभिन्न विश्वविद्यालयमा अध्यापनरत प्राध्यापकहरू उम्मेदवार बन्न सक्रिय रहे । अधिवेशन रोकियो । के कति कारण हो त्यसेको जानकारी मलाई छैन । एक्कासी यो प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालको विवाद नेपाली काङ्ग्रेसको सर्वोच्च निकाय पार्टी सभापतिसम्म पुुग्यो ।
एक पक्ष अधिवेशन बहिष्कार गर्ने, रिट दायर गरेर अधिवेशन रोक्ने घुुर्कीसहित पुुग्यो भने अर्कोपक्ष जसरी पनि अधिवेशन हुनुुपर्ने अडानमा रहेर पुुग्यो । दुुबै पक्षलाई अलग अलग छलफलमा पार्टीले डाक्यो । राय परामर्श लियो । सम्झायो, बुुझायो तर कुरा मिलेन । अन्ततः अधिवेशन स्थगित भयो । कारण मैले जानिन र जान्न पनि खोजिन । के कति कारण हुुन् । त्यसको प्रत्यक्ष जानकार नेपाली काङ्ग्रेस, अधिवेशन गराउने पक्ष र जसरी पनि रोक्नुुुपर्छ भन्ने पक्ष नै होला । अन्तिम चरणमा आएर अधिवेशन रोकिनुु पक्कै पनि शुुभ सङ्केत होइन ।
सेवानिवृत्तको भीड :
प्राध्यापन पेशा बौद्धिक पेशा हो । खोज, अनुुसन्धान, अध्ययन र अध्यापन यो पेशाका गहना हुुन् । बौद्धिक वर्गबाट राज्यका विश्वविद्यालय निरन्तर सक्रिय र दक्ष जनशक्तिको उत्पादनमा केन्द्रित रहूून् भन्ने उद्देश्यले प्राध्यापकको सेवानिवृत्त अवधि ६३ वर्ष राखिएको हो । विश्वविद्यालयबाट सेवानिवृत्त भएपछि राज्यको कुनै संयन्त्र, कूूटनीति नियोगमा नियुुक्तिका लागि प्रयासरत रहनुु नराम्रो होइन । राज्य संयन्त्रमा आफ्नौ बौद्धिकताको परिचय दिनु, अध्ययन, अनुुसन्धान गरेर नयाँ नयाँ तथ्य खोजेर राज्यको नीति निर्माणमा सहयोग पुु¥याउनुु प्राध्यापकको दायित्व र कतव्र्य हो ।
प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालमा सेवानिवृत्त प्राध्यापकहरू आफ्नो गुुटलाई बलियो बनाउने उद्देश्यले सदा सक्रिय रहे । सेवानिवृत्तको तात्पर्य राज्यले दिएको पेन्सन खाऊ । राज्यलाई बौद्धिक शक्तिका रूपमा नयाँ कुुरा दिन सक । आफूलाई अध्ययनकर्ताका रूपमा उभ्याऊ भनेको होइन र ? तर सदा अधिवेशन आउन थाल्यो कि सेवानिवृत्त भएका प्राध्यापकको भीडले कार्यरत प्राध्यापकको अस्तित्वलाई नै ओझेलमा पार्ने काम हुुन्छन् । व्यक्तिगत भेला डाक्ने यसो भएन, उसो भएन अधिवेशन रोक्नुपर्छ भन्दै पार्टी सङ्गठनका उच्च निकायमा गुुहार माग्ने प्रवृत्ति देखियो ।
सेवानिवृत्त प्राध्यापकले आफ्नो गतिलो उत्तराधिकारी जन्माउन सक्नुुपर्दछ । ७०÷७५ वर्षसम्म पनि प्रजातन्त्रवादी प्राध्यापक सङ्घमा हस्तक्षेप गर्ने प्रवृत्तिले कार्यरत प्राध्यापकहरूको अस्तित्व छैन भन्ने कुरालाई प्रमाणित गर्दैन र ? अझ भन्ने हो भने कार्यरत प्राध्यापकको मानमर्दन भएको मानिँदैन र ? सेवानिवृत्त प्राध्यापकले राजनीति गर्ने उद्देश्य लिएमा पार्टी राजनीति गर्न सकिन्छ । पेन्सन खाने, कार्यरत प्राध्यापकलाई नगन्ने तथा यो मेरो गुुटको हो त्यो फलानो गुुटको हो भन्ने प्रवृत्तिले प्राध्यापन पेशालाई गिज्याएको छ ।
सधैं सेवानिवृत्तको भीड लाग्ने हो भने कार्यरत प्राध्यापक कहिले ? कसरी ? कुन तरिकाले आफ्नो नेतृत्व दर्शाउन सक्छन् । यो विषय सेवानिवृत्त प्राध्यापकका लागि चुनौती पनि हो । सेवानिवृत्त प्राध्यापकको हस्तक्षेपले प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल कमजोर बनेको छ सबल होइन ।
अध्ययन अध्यापनमा अरुचि :
आज हामी प्रविधिका दास बनेका छौं । विद्यार्थीलाई कोरोना महामारीको समयमा अनलाइन पढाएर हामी प्रविधिमैत्री बनेका छौं । आज १२ पास गरेको विद्यार्थी विदेशमा अध्ययन गर्ने उद्देश्यअनुुरूप बाहिरिएको छ । अध्ययनका लागि बाहिर जाने विद्यार्थीको भीड दिनानुुदिन बढ्दो छ । त्यसमा हामी प्राध्यापकलाई कुुनै किसिमको चासो र चिन्ता छैन । विदेशको पिआर र ग्रीनकार्ड छोराछोरीले पाए भने मख्ख पर्ने हामी हाम्रा सन्तानलाई स्वदेशमा सङ्घर्ष गर र देशलाई केही दिऊँ भन्न सक्दैनौं ।
विश्वविद्यालयमा दिनानुुदिन विद्यार्थी सङ्ख्या घड्दो छ । संस्कृत विश्वविद्यालयले इन्जिनियरङ, बौद्ध विश्वविद्यालयले व्यवस्थापन विषय अध्यापन गराउन तयार भएर आएका छन् । विश्वविद्यालयले गतसालका प्र्रश्नपत्र हुुबहुु यो साल दिन्छ । त्यसमा हामी बौद्धिक वर्गको कुनै चिन्ता छैन । सके आफू पदाधिकारी हुुने, राज्यले दिने सुुुविधा भोग्ने, विद्यार्थीलाई अध्यापन गराउन सकेसम्म नपरोस् भन्ने मान्यता राख्ने गर्दछौं । हामी हाम्रै कारणले राज्यको हेपाइमा परेका छौं । हामी आफैं हाम्रै कारणले हेपिएका छौं । आफ्नो कक्षाभार लिएर अन्य बौद्धिक काम गर्न हामीलाई राज्यले छुुट दिएको छ । हामी त्यता लाग्दैनौं । सामाजिक सञ्जालमा अनावश्यक कुरा लेखेर चर्चामा आउने प्रयासमा समर्पित रहन्छौं ।
पुुछारमा :
प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालको अब हुने पाँचांै महाधिवेशन सम्पन्न गर्न एकजुुट बनौं । अब तोकिने समयमा अधिवेशनलाई जुुटेर सम्पन्न गरौं । आफ्नो नेतृत्व आफैं चयन गरौं । सेवानिवृत्त प्राध्यापकबाट सल्लाह, सुुझाव मागौं । उहाँहरूको प्रत्यक्ष हस्तक्षेपलाई अस्वीकार गरौं । यदि यसो गर्न सक्यौं भने नयाँ नेतृत्वले केही गर्न सक्नेछ । अन्यथा प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल सेवानिवृत्त प्राध्यापकको भीडका रूपमा सावित हुनेछ । प्राध्यापकमा देखिएको अध्ययन, अध्यापन, अनुुसन्धान, शोधको अरुचिका कारण हामीले पढाएका विद्यार्थी जो नेता बने तिनका दास बनेका छौं हामी । बुद्धिजीवी तथा प्राध्यापक बनेर बाँच्न सकौं भन्ने आशाका साथ ।
यथार्थ भन्दा कुण्ठा बढी देखियो डासापको लेखमा । डासापलाई राम्रोसँग थाहा छ की दोस्रो महाधिवेशनमा ६३ र तेस्रोमा २३७ विवादित प्रतिनिधिले नेतृत्व छान्ने काम भयो । चाैथोमा १०००+ विवादित प्रतिनिधि ल्याइयो । २०७३ बैसाखमा गरिने भनेको महाधिवेशन २०७३ फागुन पुग्यो । संस्थापन पक्ष १०००+ मध्ये ६५१ प्रतिनिधि हटाउन संस्थापन पक्ष राजी भएर महाधिवेशन गर्ने सहमति भयो । १८९१ मध्ये १२७८ कायम गर्दा पनि महाधिवेशन स्थलमा नाम दर्ता गर्न ७५१ जनामात्र आए ।
तर रातपरेपछिको मतदान ९६९ गरे। लाईनमा को को थिए कसरी मतदान गरे डासाप अनविज्ञ हुनुहुन्छ र ?
पाँचौं महाधिवेशन किन र कसरी रोकियो कोहि अनविज्ञ भए जस्तो लाग्दैन ।
महाधिवेशनको अघिल्लो दिनसम्म पनि साधारण सदस्य र प्रतिनिधि सार्वजनिक गर्न तयार नहुने र विगतका महाधिवेशनमा सत्ता हत्याउने चरित्र भएको नेतृत्वले के निष्पक्ष निर्वाचन गराउछ भन्ने यहाँलाई विश्वास छ ?
महाधिवेशन केवल बुथ कब्जा गर्ने खेलमात्र हो कि यसका लोकतान्त्रिक मूल्य र मान्यता पनि हुन्छन् ?
प्रतिनिधिको विश्वसनीयता छानवीन नगरी महाधिवेशन गर्नुको अर्थ के हुन्छ ?
संस्था जन्माउने हुर्काउनेहरू रहरले नै बालुवाटार धाएकै हुन त ?
यो संस्था जोगाउन उनिहरूको जिम्मेवारी हुदैन र ?
संस्थाले उनिहरूलाई सम्मानार्थ सदस्यता (आजीवन) दफा७(२) को व्यवस्था किन गरेको त ?
मलाई त उहाँहरू घरमा लागेको आगो निभाउन ढोकामा रहेको भेटेताल्चा फोर्न भन्दा झ्यालै फोरेर भएपनि भित्र पसेर घरको कम क्षति बनाउन सफल हुनु भएको छ ।
महाधिवेशन रोक्ने कुरामा नेताहरू किन सहमत भए होलान् त ?
किन साधारण सदस्य र महाधिवेशन प्रतिनिधि छान्नु पर्छ भन्ने कुरामा छलफलमा सहभागीहरू पुगे होलान् त ?
डासाप यो पगरी अनुसन्धानमा पोख्त भएरै पाएको पद हो ।
अनुसन्धानकर्ता वायस भए निचोड गलत आउछ भन्नेसम्मको ख्याल गरिदिनु भएको भए खुसी हुन्थे ।
अव यस संस्था सुधार्ने अवसर प्राप्त भएको छ । तेरोमेरो नभनीकन निष्पक्ष रूपमा छानवीनमा सहयोग गरौं । विधान बमोजिम महाधिवेशन गर्ने वातावरण बनाउ ।
धन्यवाद, जयनेपाल ।
धन्यवाद डा गणेश घिमिरेजीलाई -1, हाे सेवानिवृत्तले प्रप्रा,त्रिविप्रा,नेप्रा कतै पनि बाेल्ने अघिसरा बन्ने,प्रतिनिध छान्ने हाेईन ।2, सेवावकाशित जीवन राष्ट्र,विश्व र माावसभ्यताका लागि अर्पण गर्नु्छ । 3, तपाइँका वर्तमान अध्यक्ष लगायत अरुकाे पनि त्यता अलिकति पनि रुचि देखियाे?4, निवृत्तले सङ्घ सङ्गठनमा रुचि देखाउँदा कार्यरतले अनुभव लिन खाेजेकाे र सधवाले विधवालाई ढाेग्दा पाईने अाशीर्वाद पाउने सम्भावना पनि रहन्छ नै ।हावा नचली पात हल्लँदैन ।कार्यरतबाट गफ्ती नभैकन सेवावकाशितले धाेती फेर्न खाेजेका हाेईनन् कि ? बुझेर काेषाध्यक्ष ,महासचिव, अध्यक्ष 5 वर्षभन्दा बढी तैपनि पद छाड्न मन नलागेपछि ऐना देखाईदिएका त हाेईनन् ? पार्टी र प्रप्रा सङ्घ दुवैलाई ?