ग्रिनल्यान्डको तेहोरो जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ग्रिनल्यान्डले पाँचौँ बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार तेहोरो जित निकालेको छ । ग्रिनल्यान्डले सिनियर ब्वाइज/गल्र्स र जुनियर ब्वाइजमा जित हात पारेको हो ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डले स्कोलर्स होमलाई ६९-३० ले पराजित गर्‍यो । ग्रिनल्यान्डको जितमा दिवस भुजेलले २५ अंकको योगदान गर्नुभयो । सिनियर गल्र्समा जेनिशा श्रेष्ठको ६ अंकको सहयोगमा ग्रिनल्यान्डले फेरिल्यान्डलाई १४-४ ले हरायो । जुनियर ब्वाइजमा हिमरश्मीविरुद्धको खेलमा ग्रिनल्यान्ड २०-६ ले विजयी भयो । ग्रिनल्यान्डका आयुश घलेले आठ स्कोर गर्नुभयो ।

सिनियर ब्वाइजको अन्य खेलमा एन्जल्स हार्टले काठमाडौं ग्लोबललाई ३४-२, गोल्डेन पिकले युनिभर्सिटीलाई ५०-१० र लालीगुराँसले हिमरश्मीलाई ४०-१५ ले पन्छायो । एन्जल्स हार्टका विवस गर्बुजाले ७, गोल्डेनपिकका दिनेश रपालले १२ तथा लालीगुराँसका दीपेश थापाले ११ अंक बटुल्नुभयो ।

जुनियर ब्वाइजमा स्किब्सले काठमाडौं ग्लोबललाई नौ–दुई तथा एन्जल्स हार्टले गोल्डेनपिकलाई १८-११ ले पाखा लगायो । स्किब्सका अनुज लिम्बूले सात तथा एन्जल्स हार्टका प्रतीक कँडेलले १० स्कोर गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?