फ्लिन भ्रमण : ‘अमेरिकी सेनाको स्टेट पार्टनरशीप प्रोग्राममा नेपाललाई हस्ताक्षर गराउनेतर्फ केन्द्रित’

Read Time = 4 mins

काठमाडौं । अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख चार्लस ए फ्लिन आइतबार राति चार दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किनुभएको छ ।

जेठ २६ मा सद्भावना भ्रमणमा फ्लिन नेपाल आउनु भएको थियो । चार दिने औपचारिक भ्रमणमा नेपाल आएका सैनिक जनरल फ्लिनले स्वदेश फर्कने दिन आइतबार पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमान्ड एण्ड स्टाफ कलेजको भ्रमण गर्नुभयो ।

सन् २०२१ जुनदेखी एसिया-प्रशान्त क्षेत्रको प्रमुख रहेका फ्लिनले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विभिन्न प्रदर्शनीको अवलोकन गर्नुभयो। नेपालमा रहँदा उहाँले उच्चस्तरीय भेटवार्ता गर्नुभयाे । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको गृहकार्य भइरहेका बेला अमेरिकाबाट चारतारे जनरलको नेपाल भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

उहाँ नेपाल आउनु अघि चार दिने भारत भ्रमणमा हुनुहुन्थ्यो । अमेरिकाले नेपाललाई भारतीय आँखाबाट हेर्ने गरेको विश्लेषण भइरहँदा उहाँ भारत भ्रमण सकेन नेपाल आउनु भएको हो । प्रधानसेनापति शर्माले आगामी असारको १३ गतेदेखि १७ गतेसम्म अमेरिकाको औपचारिक भ्रमण गर्न लागेका बेला उहाँको भ्रमण भएको हो ।

प्राध्यापक कृष्ण पोखरेलले फ्लिनको भ्रमण नेपालमा अमेरिकी सेनाको स्टेट पार्टनरशीप प्रोग्राममा हस्ताक्षर गराउने तर्फ केन्द्रीत रहेको बताउनु हुन्छ। यो इण्डो प्यासिफिक रणनीतिको अभिन्न अंग भएको उहाँको भनाइ छ ।

'भारतमा जत्तिकै नेपालमा पनि चार दिन बिताउनु भयो अमेरिकी सेनाका प्यासिफिक कमाण्डर चार्ल्स ए फ्लिनले । उहाँको जोड अमेरिकी सेनाको स्टेट पार्टनरशीप प्रोग्राममा नेपाललाई हस्ताक्षर गराउने तर्फ केन्द्रित देखियो । यो इण्डो प्यासिफिक रणनीतिको अभिन्न अंग हो ।'

अमेरिकाको यस्तो प्रस्तावलाई विनम्रतापूर्वक पन्छाउन सक्नु मै नेपालको हित हुने उहाँको भनाइ छ ।

'यसमा हतारिएर हस्ताक्षर गर्यो भने नेपाल अन्तराष्ट्रिय द्वन्द्वको भुँमरीमा पर्नेछ र आफ्नो रणनीतिक स्वायत्तता समेत गुमाउनेछ ' उहाँको भनाइ छ ।

यो विषय एमसीसी भन्दा निक्कै पेचिलो रहेको बताउँदै उहाँले भन्नुभयो 'मुलुककै स्वतन्त्र अस्तित्वमाआँच आउने खतरा सृजना हुने खण्ड आयो भने देउवा नेतृत्वको सरकार गोलखाडी गयो र नयाँ समीकरणको सरकार बनो भने पनि अन्यथा नमाने हुन्छ !'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?