हाइफ्युचरको नयाँ स्मार्टवाच नेपाली बजारमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हाइफ्युचरले नयाँ स्मार्टवाच नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार हालै सार्वजनिक भएका र २०२२ मा सबैभन्दा बढी बिक्री भएकामध्येका स्मार्टवाच र टिडब्लुएस इयरबड हुन् ।

सानदार फिचरयुक्त सुपथ मूल्यका स्मार्टवाच र इयरबडले हरेक व्यक्तिको अपेक्षाअनुसारको जीवनशैली प्रदान गर्ने कम्पनीको दाबी छ । फ्युचरफिट जोनमा १.६९ इन्चको डिस्प्ले, २४८७ एसपिओ २ मनिटरिङ २० अलग-अलग स्पोर्ट्स मोड रहेका छन् ।

लामो समय टिक्ने ब्याट्री तथा वाटर रेजिस्टेन्ट प्रविधिका कारण पानीबाट सुरक्षित रहने कम्पनीले जनाएको छ । मूल्य भने पाँच हजार चार सय ९९ रुपैयाँ तोकिएको छ । त्यस्तै फ्लाइबड्स प्रो इयरबडको मूल्य तीन हजार नौ सय ९९ रुपैयाँ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?