-कृष्ण विष्ट
बैतडी । बैतडीको पाटन–८ खोडपेमा दमकलबाट खानेपानीको आपूर्ति गरिएको छ । लिफ्टिङ खानेपानी योजना ६ दिनदेखि अवरुद्ध बनेपछि पाटन नगरपालिकाको दमकलबाट खानेपानीको आपूर्ति गरिएको हो ।
जिल्लाकै मुख्य व्यापारिक केन्द्र रहेको खोडपे बजार क्षेत्रमा खानेपानीको चरम समस्या उत्पन्न भएपछि दमकलबाटै भए पनि खानेपानीको परिपूर्ति गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष एवं पाटन–८ का वडाध्यक्ष हरिश विष्टले जानकारी दिनुभयो ।
बेला–बेला सिद्धेस्वर खानेपानी योजनामा समस्या आउने गर्दछ । विद्युत्बाट लिफ्टिङ खानेपानी योजना सञ्चालनमा रहेको छ । उपकरणमा बेला–बेला आउने समस्याका कारण खानेपानी योजना अवरुद्ध बन्ने गरेको खानेपानी योजनाका सचिव मोहन विष्टले बताउनुभयो । खानेपानी योजनामा आएको प्राविधिक समस्या समाधान नहुन्जेलसम्म दमकलबाटै भए पनि खानेपानीको व्यवस्था मिलाइने उहाँको भनाइ छ । बजार क्षेत्रमा ११५ व्यापारिक उपभोक्ताहरू छन् ।
खानेपानी योजनामा प्राविधिक कारणले समस्या आएको हुनाले छिट्टै मर्मतको काम भइरहेको खानेपानी योजना समितिले जनाएको छ । ‘मोटर चलाउन आवश्यक पर्ने भोल्टेज कम भएको छ, सानो मोटर राखेरै भए पनि सञ्चालनमा ल्याइनेछ,’ अध्यक्ष विष्टले भन्नुभयो, ‘उक्त मोटरले पनि काम गरेन भने दमकलबाटै खानेपानीको परिपूर्ति गरिनेछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच