समृद्धिको मुद्दतीमा ७२ महिनामा पैसा दोब्बर

Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्सले मुद्दती निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना ल्याएको छ । साथै कम्पनीले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजनासमेत सार्वजनिक गरेको छ ।

समृद्धि फाइनान्सका पाँचवटै शाखाबाट सेवा लिन न्यूनतम ५० हजारदेखि नै खाता खोल्न सकिने व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरजकुमार सर्राफले जानकारी दिनुभएको छ ।

फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशतसहित आकर्षक व्याजदरका विभिन्न बचत खातासमेत सञ्चालनमा ल्याएको छ । कम्पनीले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?