काठमाडौं । कुमारी धनवृद्धि योजनामा मागभन्दा बढी दरखास्त परेको छ । कुमारी क्यापिटलको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने कुमारी धनवृद्धि योजनाको प्रतिइकाई १० रुपैयाँ दरका १२ करोड इकाईका लागि जेठ १२ देखि २६ गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएको थियो । तर, मागभन्दा अधिक दरखास्त पर्न आएकाले सामूहिक लगानी कोष निर्देशिका २०६९ अनुसार अधिकतम् २५ प्रतिशत थप गर्न सक्ने प्रावधानअनुसार कोषको इकाई १२ करोड २५ लाख सात हजार दुई सय ५९ इकाई बाँडफाँड गर्न सकिनेमध्ये राख्नुपर्ने १५ प्रतिशत विज पुँजीबापतको एक करोड ८३ लाख ७६ हजार ८९ इकाई कोष प्रवद्र्धक कम्पनी कुमारी बैंक लिमिटेडलाई बाँडफाँड गरिएको र बाँकी रहेको १० करोड ४१ लाख ३१ हजार एक सय ७० इकाई असार ३ गते बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।
जम्मा आवेदन दिने एक लाख ३९ हजार एक सय ३९ जनामध्ये रितपूर्वक आवेदन दिने एक लाख ३९ हजार ९३ जनालाई मागबमोजिम इकाईहरू बाँडफाँड गरियो र दोहोरो आवेदन दिने ४६ जनाको आवेदन रद्द गरिएको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच