मन्त्रिपरिषद्‍‌को पुनर्गठनको विषयमा प्रधानमन्त्रीले कार्यान्वयन गर्छु भन्नुभएको छ, हेरम् : झलनाथ खनाल

Read Time = 2 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रिपरिषद्‍‌ पुनर्गठन गर्ने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड गरेको छ ।

बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा एसले तत्काल मन्त्रिपरिषद्‍‌ पुनर्गठन गरेर अघि बढनु पर्नेमा जोड गरेको हो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका सो पार्टीका चार मन्त्रीलाई फिर्ता गरेर थप चार नयाँ अनुहारलाई स्थान दिनुपर्ने निर्णयलाई प्रधानमन्त्री देउवाले कार्यान्वय नगरेपछि नेकपा एसले पाँच दलीय गठबन्धनको बैठकमा सो विषयलाई पुनः उठान गरेको सो पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

‘मन्त्रिपरिषद्‍‌ पुनर्गठन गर्नेबारेमा हामीले आज कुरा राख्यौं, त्यसबारेमा यसअघि नै हामीले निर्णय पनि गरिसकेका पनि छौँ, यसलाई तुरुन्तै कार्यान्वयन गर्नुस्, अब हामी पर्खिने अवस्थामा छैनौँ भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौँ,’ बैठकपछि खनालले भन्नुभयो, ‘ उहाँले तपाईंहरूको निर्णयबारे पत्र आइसकेको छ, कार्यान्वयन गर्छु भन्नुभएको छ, हेरम् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?