एनएमबीकोे मुद्दतीमा डबल प्रतिफल

Read Time = 1 min

काठमाडौं । एनएमबी बैंकले ग्राहकका लागि आकर्षक मुद्दती योजना ‘एनएमबी डबल मुद्दती’ र ‘एनएमबी जन्मभूमि डबल मुद्दती’ सार्वजनिक गरेकोे छ । एनएमबी डबल मुद्दती योजनाअन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार वा सोभन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिनापछि सो रकम डबल हुनेछ ।

त्यसैगरी एनएमबी जन्मभूमि डबल मुद्दती योजनामा नेपालीहरूले वैदेशिक रोजगारीबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जनाएको छ । सोही योजनाअन्तर्गत एनएमबीका ग्राहकले आफ्नो मुद्दती रकमको ९० प्रतिशतसम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८० प्रतिशतसम्म कर्जा पाउन सक्ने पनि बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?