काठमाडौंमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाण्डौ महानगरपालिका–३ चप्पल कारखाना नजिकै गएराती ट्रिपरको ठक्करबाट अन्दाजी ३० बर्षीय पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुने व्यक्तिको सनाखत हुन बाँकी रहेको छ ।

महाराजगन्ज चोकबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गएराती पौने ११ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई महाराजगंज स्थित त्रि।वि शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो ।

टिपर सहित चालकलाई प्रहरी वृत्त महाराजगन्जले नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?