अर्थमन्त्रीकाे प्रतिपक्षी दल कहाँ छ ? भन्ने प्रश्नमा गोकुल बाँस्कोटाकाे जवाफ: प्रतिपक्षी दल यहाँ छ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले ‘प्रतिपक्षी दल कहाँ छ ? ’ अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गोकुल बाँस्कोटाले अर्थमन्त्री शर्माले सो अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

‘सभामुख महोदय, अर्थमन्त्रीले सदन चलेका बेला सदन बाहिर प्रतिपक्षी दल कहाँ छ भन्नुभएछ,’ उहाँले भन्नुभयो, ‘प्रमुख प्रतिपक्षी दल यहाँ छ । हिजो पञ्चायतमा पनि देखिँदैनथ्यो, प्रतिपक्षीलाई ।’

आरोप लागेपछि छानबिनका लागि मार्ग प्रशस्त गर्न अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने भन्दै उहाँले भ्रष्टाचार र अनियमितताको छानबिन हुनुपर्ने र यसका लागि एमाले प्रतिवद्ध रहेको बताउनु भयो ।

अर्थमन्त्रीलाई राजीनाामा दिन आग्रह गर्दै उहाँले भन्नुभयो, ‘एमालेलाई नलकार्न भन्छु, राजीनामा दिनुहोस् ।’

अर्थमन्त्री शर्माको जवाफ सुन्न जनताले चाहँदैन भन्दै बाँस्कोटाले एमालेले आर्थिक विधेयकमाथि उठेका प्रश्नको अर्थमन्त्रीले दिने जवाफ नसुन्ने भन्दै बैठक बहिस्कार गर्ने जानकारी दिनुभयो ।

यसपछि एमालेले बैठक बहिस्कार गरेको छ भने अर्थमन्त्री शर्माले जवाफ दिइरहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?