लागूऔषधसहित तीन जना पक्राउ

Read Time = 2 mins

सिरहा । सिरहामा लागूऔषध र ४३ हजार ५ सय रूपैयाँ नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका ७ बस्ने १८ वर्षका गौतम ठाकुर, भारत मधुवनी जिल्ला, पञ्चायत राजनगर थाना फेरण श्रीपट्टी घर भई लहान बस्ने २१ वर्षीय मोहमद अख्तर र मधुवनीकै ग्राम पंचायत खरियोग थाना पिप्राहीका २७ वर्षीय धर्मेन्द्रकुमार ठाकुर रहेका सिरहाका प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा आइतबार मध्यरात प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीको नेतृत्त्वमा खटिएको प्रहरी टोलीले लहान ८ स्थित मोहमद अफजतले सञ्चालन गरेको आल्मुनियम पसल र लहान(१ स्थित दयाराम ठाकुरको घरमा खानतलासी गर्दा पसल र घरबाट लागूऔषध बरामद गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले फेनारगन, डाइजिल्याव र व्युप्रिनोर्फिन गरी २४ सय १५ एम्पुल, नाइट्राभेट ४८० र स्पामोप्राक्सिभिन ४३२ ट्याबलेटका साथै डाइलेक्स डिसी नामक लागुऔषध ४३९ बोतल बरामद गरिएको जनाएको छ । उनीहरूबाट ज१प ४७५८ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?