सिडिओ कार्यालय धनुषाका तत्कालीन नासुविरुद्ध करिब अढाइ करोडको भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत तत्कालीन नायव सुब्बा गणपति झाविरुद्ध दुई करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ ५१ पैसा बिगो कामय गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार बुधबार झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । अख्तियारका अनुसार ९ मंसिर २०३९ मा गाविस सचिवबाट सार्वजनिक सेवामा प्रवेश गरेका भण्डारीले ०७८ साउनमा अवकाश पाएका थिए ।

झाको कुल सम्पत्तिमध्ये दुई करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ ५१ पैसाको वैधानिक स्रोत खुल्न नसकेको अख्तियारको ठहर छ । सोही कारण उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

दुई करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ र ५१ पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) को वैधानिक स्रोत खुल्न नआएको हुँदा निज गणपति झाले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सोही दफा १५ ले लक्षित गरेको सोही ऐनको दफा ३ एवं सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको,’ अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?