सप्तरीमा बस दुर्घटना एकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

-अनिल पोख्रेल
राजविराज। सप्तरीको कोशी ब्यारेज र कंकालिनी मन्दिर बिच पूर्व पश्चिम राजमार्गमा यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् ।

हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित पूर्व पश्चिम राजमार्गमा बिहीबार बिहान जाँदै गरेको ना।५ ख १८९८ नम्बरको यात्रुबाहक बस अचानक अनियन्त्रित भएर सडक भन्दा २० फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस दुर्घटनामा पहिचान खुल्न नसकेकी अन्दाजी ५५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

बसमा सबार रहेका ११ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको भारदह अस्पतालमा र ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?