२७ वर्षको उमेरमा पूर्वमिस ब्राजिलको निधन

Read Time = 1 min

एजेन्सी । पूर्वमिस ब्राजिल ग्लेसी कोरेइयाको २७ वर्षको उमेरमा निधन भएको छ । टन्सिन निकाल्नका लागि गरिएको शल्यक्रियाका कारण उहाँलाई ब्रेन हृयामरेज र हृदयघात भएको थियो ।

इन्डिपेन्डेन्टका प्रकाशित समाचारका अनुसार सन् २०१८ मा मिस युनाइटेड कन्टिनेन्ट ब्राजिलको उपाधिकी विजेता कोरेइयाको सोमबार एक निजी क्लिनिकमा निधन भएको हो । उहाँ पछिल्लो दुई महिनादेखि कोमामा हुनुहुन्थ्यो ।

टन्सिन हटाउन उहाँको शल्यक्रिया गरिएको थियो तर त्यसको केही दिनपछि अत्यधिक रक्तश्राव भयो र अप्रिल ४ मा हृदयघातसमेत भयो । कोरेइयाको शव पोष्ट मार्टमका लागि पठाइएको छ । उहाँ एक मोडल, ब्युटिसियन र इन्फ्लुएन्सर हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?