स्वयम्भू-हनुमानढोका सम्पदा पदमार्ग निर्माणमा मन्त्री जीवनराम श्रेष्ठको पहिलो हस्ताक्षर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आज पदबहाली गर्नुभएको छ । पदबहाली संगै स्वयम्भुदेखि हनुमानढोकासम्म सम्पदा पदमार्ग निर्माण कार्य अगाडि बढाउने निर्णयमा हस्ताक्षर पनि गर्नुभएकाे छ ।

स्वयम्भु-हनुमानढोका सम्पदा पदमार्गका लागि सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेटसमेत छुट्याएको छ । यसैगरी कोभिड महामारीबाट प्रभावित भएको पर्यटन क्षेत्रलाई उत्थानका लागि कार्ययोजना बनाएर पेश गर्ने निर्णयसमेत आजै गरेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?