मन्त्रिपरिषद् विस्तारको तयारीमा लुम्बिनी प्रदेश, जसपाको मत निर्णायक हुने

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एमाले र माओवादीबाहेक सानादलको साथ लिएर प्रदेश सभामा विश्वासको मत जुटाउने प्रयास करिव असफल भएको छ । ३ सांसद रहेको जसपाले केन्द्रमा सत्ता साझेदारी गरेपछि मुख्यमन्त्री चौधरीको बहुमत पुग्ने संभावना टरेको देखिन्छ । यद्पी मुख्यमन्त्री चौधरी भने मन्त्रिपरिषद् विस्तारको तयारीमा देखिनु भएको छ । उहाँले नागरिक उन्मुक्तिलाई सरकारको समर्थन भन्दा बाहिर जान नदिन यो दललाई प्राथमिकतामा राख्न भएको बुझिएको छ । यसैगरी सरकारको समर्थनमा मत जाहेर गर्ने अन्य राजनीतिक शक्तिलाईसमेत समेटेर मन्त्रिमण्डल विस्तार गर्ने योजना बनाएको स्रोतले जनाएको छ ।

आफ्नो पक्षमा बहुमत पुग्ने अवस्था रहे चैत ७ सम्म विश्वासको मत लिने र बहुमत पुग्ने अवस्था नदेखिए संवैधानिक व्यवस्था बमोजिम विश्वासको मत लिने अन्तिम अवधिसम्म कसरत थाल्ने निर्णयमा मुख्यमन्त्री पुगेको स्रोतले जनाएको छ । माओवादीका दुई मन्त्रीलाई मुख्यमन्त्री चौधरीले बर्खास्त गरेपछी रिक्त भएका दुई मन्त्राय बाहेक अन्य दुई मन्त्रालयसमेत रिक्त छन् ।

चौधरीलाई बहुमत पुराउन एमाले, माओवादी, बाहेकका सबै शक्ति आवश्यक पर्छ । तर १ सांसद रहेको स्वतन्त्र, १ सांसद रहेको नेकपा एस र ३ सांसद रहेको जसपालेसमेत नयाँ गठबन्धनमा साथ दिने निश्चित जस्तै छ ।

एमालेले पनि सरकार बनाउने तयारीका साथ राप्रपा, जसपा, एकीकृत र जनमोर्चासँग छलफल गरिरहेको छ । ८७ सदस्यीय प्रदेश सभामा राप्रपाका जानकी प्रसाद यादव भ्रष्टाचार मुद्दामा निलम्बन भएपछि ८६ सदस्य कायम छन् । लुम्बिनीमा एमालेका २९, माओवादीका सभामुखसहित ११, जसपाका ३, एकीकृत समाजवादी र स्वतन्त्र १-१ गरी ४५ सदस्य छन् । एमाले र माओवादीले ३ मत रहेको राप्रपा र १ मत रहेको जनमोर्चासँग पनि छलफल गरिरहेका छन् ।

त्यस्तै कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३/३ र जनमोर्चाका १ जना सांसद छन् । कांग्रेस नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति, लोसपा, जसपा, जनमत र जनमोर्चाको समर्थन अहिलेसम्म कायम छ । नयाँ गठबन्धनमा एमाले र माओवादीदुवैले सरकारको नेतृत्वका लागि दाबी छाडेका छैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?