तामाङ चलचित्र संघको पहिलो अधिवेशन सम्पन्न

Read Time = 2 mins

काठमाडौं । तामाङ चलचित्र संघ बागमती प्रदेशको पहिलो अधिवेशन सम्पन्न भएको छ । काठमाडौंको जमलस्थित नाचघरमा वन तथा वातावरण मन्त्री राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।

आशमान तामाङको अध्यक्षमा २१ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । कार्यक्रममा तामाङ चलचित्र संघका पूर्वअध्यक्ष जेनिश दोङ, तामाङ चलचित्र संघका उपाध्यक्ष जयनकुमार मोक्तान, तामाङ चलचित्र संघका उपाध्यक्ष दीपक तामाङ लामा, जनता समाजवादी तामाङ संघका महासचिव कान्छामान तामाङलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको अतिथ्यता रहेको थियो ।

जेनिश दोङको निर्वाचन मण्डल संयोजक र जयनकुमार मोक्तान, दीपक तामाङ लामा निर्वाचन मण्डल सदस्य रहेको अधिवेशनबाट अध्यक्ष आस्मान वाइबा, बरिष्ठ उपध्यक्ष धु्रवसिंह तामाङ, उपध्यक्ष अनिता नेगी तामाङ, उपध्यक्ष राजकुमार मोक्तान, महासचिव दावा फिन्जो तामाङ, सचिव करण तामाङ, सहसचीव हिरोज लोप्चन तामाङ, कोष अध्यक्ष सुस्मिता घलान, सहकोष अध्यक्ष राखिन्द्रकुमार तामाङ सदस्यहरू कुमारी माया घलान, रिजन लामा, आइसिंङ तामाङ, गंगा योङ्जन, बिना तामाङ, अमर पाख्रिन तामाङ, स्याम माया तामाङ, रोसन तामाङ सन्देस तामाङ, शान्तिकुमारी डिम्डुङ, मिङ्मर योङ्जन निर्वाचित हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?