राष्ट्रपतिसमक्ष भारतीय राजदूतबाट प्रमाणपत्र पेश

Read Time = 1 min

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नेपालका लागि मित्रराष्ट्र गणतन्त्र भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कासहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

आजै राजदूत श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा उहाँले हालै प्रधानमन्त्री देउवाको भारत भ्रमण र प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याएको बताउँदै भारत–नेपाल सम्बन्धलाई अझ सुमधुर बनाउन आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?