लुम्बिनी स्वास्थ्य राज्यमन्त्री वली प्रकरणमा यस्तो आयो सरकारी छानबिन टोलीको प्रतिवेदन

Read Time = 3 mins

रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्य,जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले तुलसीपुरमा उपमहानगरपालिका वार्ड ५ मा वाईसीएल कार्यकर्ता एक राज बस्नेतको घरमा गरेको विवादको घटना छानबिन गर्न बनेको सरकारी सत्यतथ्य छानबिन टोलीले प्रतिवेदन मुख्यमन्त्री कुला प्रसाद के सीलाई आज बुझाएको छ ।

छानबिन समितिका संयोजक आन्तरिक मामिला मन्त्री तिलक राम शर्मा र सदस्य महिला तथा बालबालिका मन्त्री रमा घर्तीले बुझाएको प्रतिवदनमा विमला र एकराज बीचको लेनदेन कारणले घटना घटेको निष्कर्ष निकालेको जनाएको छ ।

एउटै राजनीति दलका दुई व्यक्ति विभिन्न कार्यक्रम सहकार्य गर्दा सापटी रकम दिएर फिर्ता नहुँदा यस्तो घटना भएको देखिएको जनाएको छ ।
प्रतिवेदनमा राज्यमन्त्री जस्तो व्यक्तिले सर्वसाधारणको घरमा श्रीमती र नाबालिका छोरीसँग झगडा गर्नु कमजोरी भएको उल्लेख छ । रकम असुली गर्नको लागि घरमै भन्दा अन्य विकल्प नखोज्नु कमजोरी भएको उल्लेख । विमला र एकराज बस्नेत बीच ६ लाख २० हजार रुपैयाँको लेनदेन भएको छ । समितिको प्रतिवेदन पत्रकारहरूलाई नदिएर राय तथा निष्कर्ष चाहिँ मन्त्री शर्माले पढेर सुनाउनु भएको थियो । घटनामा विमलाले दायित्व बिर्सेर काम गरेको उल्लेख गदैँ सरकाले कडा रुपमा सचेत गराउनु पर्ने राय दिएको छ ।

सँगै एकराज पक्षले पनि योजना बद्ध रूपमा स्थानीयहरू बोलाउने र मिडिया पहिले नै खबर गरेर बसेकोले जस्तो देखिएको शंस्कापद रहेकोले थप छानबिन गर्नुपर्ने उल्लेख छ । एकराजले फोनमा घरै छु भनेपछि मन्त्री पुगेको तर नभेटिएपछि आवेगमा आएको जनाएको छ ।
मुख्यमन्त्री कुलप्रसाद केसी सरकारलाई आएको प्रतिवेदन अध्ययन गरेर सरकार आगडि बढ्ने बताउनु भयो । तत्कालीन राज्यमन्त्री वलीले जेठ ३१ गते बिहान आफ्नो सुरक्षा गार्ड सहित एकराज बस्नेतको घरमा पुगेर श्रीमति र छोरीलाई हातपात गरेको आरोप लागेको छ ।

वलीले राज्यमन्त्रीबाट राजीमान दिनु भएको छ ।उक्त घटनामा एकराज बस्नेतकी श्रीमती मिनाले आफू र छोरीमाथि कुटपिट भएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?