महन्थलाई ओलीको प्रस्तावः गठबन्धन गरेर चुनावमा जाऔैं

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गरेर संघीय निर्वाचनमा जान लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर समक्ष प्रस्ताव गरेको खुलेको छ ।

काठमाडौंमा जारी केन्द्रिय कार्यकारिणी समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले सो प्रस्ताव गरेको जनाउँदै सो बिषयमा धारणा दिन पनि पार्टीका नेताहरूसँग राय माग गर्नुभएको छ ।

‘ओलीजीले बोलाएर आगमी निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गर्नु भएको छ, यसवारेमा पनि छलफल गर्न जरुरी छ’ ठाकुरको भनाइ उद्यृत गर्दै एक नेताले भन्नुभयो । उहाँका अनुसार सो बिषयमा बालकोटस्थित ओली निवासमा दुई नेता बिच भेटघाट भएको भनिए पनि कहिले भेट भएको हो ? सो भने खुलाएका छैनन ।

लक्ष्मणलाल कर्णको नेतृत्वमा तयार भएको बिद्यान मस्यौंदा संसोधनसहित पारित गर्ने, ५०१ सदस्सीय केन्द्रिय समितिलाई पुर्णता दिने, संगठन सुदृढीकरणदेखि आगमी निर्वाचनको तयारीसम्मका बिषयमा छलफल गर्नका लागि लोसपा, नेपालको केन्द्रिय कार्यकारिणी बैठक जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?