काठमाडौं । नेकपा एमालेले स्थानीय निर्वाचनमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित भएको तर अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ ।
आइतबार बसेको एमाले सचिवालय बैठकले पार्टीभित्रैबाट भएका अन्तरघात तथा अराजकताका घटनाहरूको छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
बैठकपछि पार्टीका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले चौतर्फी घेराबन्दीका बीचमा एमाले पहिलो शक्तिका रूपमा स्थापित भएको निष्कर्ष निकालिएको बताउनुभयो । ‘तर, आन्तरिक समस्याहरूका कारण सोचेबमोजिम नतिजा नआएको बताउदै उहाँले अनुशासनहीनता, अराजकता र अन्तरघातका घटनाहरू भएको बताउनुभयो ।
त्यो सबैलाई सच्याएर आगामी निर्वाचनमा दुरुस्त रूपमा प्रस्तुत हुने पार्टीले निर्णय गरेको छ,’ उहाँले भन्नुभयो, असार मसान्तभित्र सबै तहका निर्वाचन समीक्षा गरिसक्ने सचिवालय बैठकको निर्णय छ । जिल्ला कमिटी र प्रदेश कमिटीलाई रिपोर्ट तयार गरेर हेडक्वाटरमा पठाउन भनिएको छ । निर्वाचनका क्रममा भएका अनुशासनहीनता र अराजकताका विषयमा परेका उजुरीहरूको छानबिन र कारबाहीका लागि उपाध्यक्ष पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको गुरुङले जानकारी दिनुयभो । यो समितिलाई छानबिनका साथै कारबाहीको पनि अधिकार प्रत्यायोजन गरिएको छ ।
एमालेले १३ विभागीय सचिव मनोनयन गरेको छ ।
जस अनुसार
वित्त तथा आर्थिक विभाग : डा भीष्म अधिकारी
संगठन विभाग: सम्झना देवकोटा
उपभोक्ता हित संरक्षण विभाग : मोहिनी खनाल
श्रम तथा रोजगार विभाग ; जनक चौधरी
संसदीय विभाग : डा: सुर्य पाठक
सामाजिक सेवा विभाग: नेत्र तिम्सिना
संस्कृति विभाग: राजेश थापा
स्थानीय तह विभाग: हर्क राई
प्रचार तथा प्रकाश विभाग: गगन विष्ट
परराष्ट्र विभाग: डा. अन्जान शाक्य
संघीय मामिला विभाग: शिव गुरुङ
ऊर्जा तथा जलस्रोत विभाग: पुष्प ज्योति ढुंगाना
कानून विभाग: डिल्लीराम मैनाली
यसैगरी एमालेले प्रदेश र जिल्ला स्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । उसले सातै प्रदेश र जिल्लास्तरमा कार्यकर्ता प्रशिक्षण, निर्वाचन तयारीलगायतको काम गर्ने निर्णय गर्दै उपाध्यक्षहरुलाई प्रदेशमा खटाएको छ ।
उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेशमा उपाध्यक्ष सुरेन्द्र पण्डे, वागमतीमा विष्णु पौडेल, गण्डकीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवासचन्द्र नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी तोकिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच