न्यूयोर्क । प्लाष्टिकमाथि प्रतिबन्ध लगाउन र यसको प्रयोग रोक्न विश्वभर विभिन्न अभियान सञ्चालन भइरहेका छन् । केही समयअघि माइक्रोप्लाष्टिक सामुद्रिक जीवहरूको शरीरमा पुगेर मृत्यु हुने गरेको खबर आएको थियो ।
नेदरल्याण्ड्सका वैज्ञानिकहरूले अनुसन्धानका क्रममा मानव रगतमा प्लाष्टिकका टुक्रा फेला पारेका छन् । यी टुक्राहरू धेरै साना हुन्छन् अर्थात् माइक्रोप्लाष्टिक देखिन्छन् । यो निकै चिन्ताजनक रहेको वैज्ञानिकहरूको दाबी छ ।
मानिसहरूले महासागरदेखि हिमालसम्म प्लाष्टिकका साना टुक्रा छोडेका वैज्ञानिकहरूले बताएका छन् । जीवाश्म इन्धन प्रयोग गरेर हरेक वर्ष लाखौं टन प्लाष्टिक बनाइन्छ र त्यसपछि उक्त प्लाष्टिक वातावरणमा पुग्छ र साना कणहरूमा फुट्छ, जसले समुद्री जीवन र खाद्य शृंखलालाई असर गरेको छ ।
विज्ञहरूका अनुसार हामीले माइक्रोप्लाष्टिकलाई यसको असरबारे चासो नदिई शरीरभित्र लग्छौं । प्लाष्टिकको प्रदूषण आजकल धेरै सामान्य भएको छ । वातावरणीय परोपकारी संस्था डब्लुडब्लुएफले सार्वजनिक गरेको एउटा विश्लेषण अनुसार औसतमा मानिसले हप्तामा पाँच ग्रामसम्म प्लाष्टिक उपभोग गर्ने र सास फेर्ने गर्दछ ।
प्लाष्टिक शरीरमा हुने गरेको वैज्ञानिकहरूले हालै पत्ता लगाएका थिए । मानिसले धेरै वर्षदेखि खाना, पिउने र सास फेर्न प्लाष्टिकको सेवन गरिरहेको हुन सक्ने बताइन्छ । सन् २०१९ मा ४६० मिलियन प्लाष्टिक खपत भएको थियो, जुन २० वर्षअघिको तुलनामा दोब्बर हो र त्यसको १० प्रतिशत मात्रै रिसाइकल भएको थियो । संयुक्त राष्ट्रसंघले विश्वव्यापी प्लाष्टिक संकटलाई सम्बोधन गर्न कानुनी रूपमा बाध्यकारी सम्झौता गर्ने प्रक्रिया सुरु गरेको छ ।
समाचार संस्था एएफपीसँगको कुराकानीमा फ्रान्सको माइक्रोबियल ओसोनोेग्राफीको प्रयोगशालाका अनुसन्धानकर्ता जीन–फ्रान्कोइस घिग्लिओन भन्नुहुन्छ, ‘नांगो आँखाले नदेखिने यति धेरै साना माइक्रोप्लाष्टिकहरू हुन सक्छन् भन्ने हामीले १० वर्षअघि कल्पना पनि गरेका थिएनौं । तिनीहरू जताततै हाम्रा वरपर छन् ।’ फोक्सो, स्पिन, मिर्गौला र प्लेसेन्टा जस्ता मानव अंगहरूमा पनि माइक्रोप्लाष्टिक फेला पारेको वैज्ञानिकहरू बताउँछन् ।
बेलायतको हल योर्क मेडिकल स्कुलकी लौरा साडोफस्कीले एएफपीसँगको कुराकानीमा आफ्नो टोलीले फोक्सोको तन्तुमा पोलिप्रोपाइलिन र (पीईटी) फेला पारेको बतानुभयो । माइक्रोप्लाष्टिक मानव स्वास्थ्य र निश्चित सिन्ड्रोमहरूको लागि जिम्मेवार रहेको एउटा परिकल्पनामा दर्शाइएको छ ।
बेलायतको हल योर्क मेडिकल स्कुलकी लौरा साडोफस्कीले केही समयअघि एएफपीसँगको कुराकानीमा आफ्नो टोलीले फोक्सोको तन्तुमा पोलिप्रोपाइलिन र पीईटी (पोलिथिन टेरेफ्थालेट) फेला पारेको र फोक्सोमा कणहरूको आकार देखेर स्तब्ध भएको बताउनुभयो ।
के हो माइक्रोप्लाष्टिक ?
माइक्रो प्लाष्टिक भनेको पाँच मिलिमिटर वा सोभन्दा कम आकारको प्लाष्टिकको सानो टुक्रा हो । तिनीहरू यति सानो छन् कि तिनीहरूलाई म्याग्निफाइङ ग्लास बिना नांगो आँखाले हेर्न गाह्रो छ ।
वैज्ञानिकले अझै पनि यी साना कणको प्रभावलाई कम गर्ने प्रयास गरिरहेका छन् । तिनीहरू पानी, खाद्य वस्तुहरू र जमिनको सतहजस्ता ठाउँमा उपस्थित हुन्छन् र तिनीहरू शरीरमा पुग्छन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच