यस्तो छ तपाईंको असार २२ गते बुधबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल असार २२ गते बुधबार, ई.सं.-६ जुलाई, २०२२ । तिथि- आषाढ शुक्लपक्ष सप्तमी, नक्षत्र- उत्तरफाल्गुनी, ८ः०८ बजे उप्रान्त हस्त, योग- वरियान्, ९ः०५ बजे उप्रान्त परिघ, करण- वणिज, चन्द्रराशि- कन्या, सूर्योदयः ५ः१५, सूर्यास्तः १९ः०१ ।

मेष : आफन्तका बीचमा खटपट, चिन्ता र शंका उब्जनेछ ।

वृष : विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।

मिथुन : मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।

कर्कट : व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

सिंह : फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ ।

कन्या : शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् ।

तुला : प्रशंसकहरू बढ्नेछन्, आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् ।

वृश्चिक : समयमा होस नपुग्नाले काम रोकिन सक्छ ।

धनु : पुरानो समस्या सुल्झाउन सकिने छ ।

मकर : अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ ।

कुम्भ : उद्योग तथा बन्द व्यापारबाट राम्रो फाइदा लिन सकिने छ ।

मीन : प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?