माओवादीको स्थायी कमिटी र पोलिटब्युरो गठन, पदाधिकारीमा गृहकार्यका लागि समय माग

Read Time = 4 mins

काठमाडौ । नेकपा (माओवादी केन्द्र) ले वैकल्पिकसहित १५६ सदस्यीय पोलिटब्यूरो गठन गर्ने भएको छ ।

राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोलिटब्यूरोमा रहने सदस्यको नाम प्रस्ताव गर्नुभएको हो ।

स्थायी कमिटी र पोलिटब्युरो गठन गरेको माओवादीले पदाधिकारीको भने टुंगो लगाउन सकेन ।

बैठकमा सहमति नजुटेपछि पदाधिकारी चयन हुन नसकेको हो । अब पदाधिकारीको टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ । बैठकमा सम्बोधन गर्दै प्रचण्डले पदाधिकारी चयन गर्नका लागि आफूलाई २–४ दिन समय माग्नुभएको थियो ।

स्थायी कमिटीमा को–को ?

माओवादीले पार्टीको विधानअनुसार ४१ जनाको स्थायी कमिटी गठन गरेको छ । स्थायी कमिटीमा रहनेमा पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मात्रिका यादव, लीलामणि पोखरेल, शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेलसहित केन्द्रीय कार्यालय सचिव, पार्टी मातहतका आयोगका अध्यक्षलगायत हुनुहुन्छ । केही आमन्त्रित र सिनियर महिलालाई पनि स्थायी कमिटीमा समेटेर स्थायी कमिटी गठन गरिएको प्रचण्डले बैठकमा जानकारी दिनुभयो ।

यसैैगरी पोलिटब्युरोमा प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, जयपुरी घर्ती, लीलामणि पोख्रेल, दिनानाथ शर्मा, हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा अपार हुनुहुन्छ ।

शशी श्रेष्ठ, सोना सुवेदी,जयपुरी घर्ती, ओनसरी घर्ती, यशोदा सुवेदी, अमृता थापा, झक्कु सुवेदी,कमला रोका, नारायण दाहाल, प्रह्लाद बुढाथोकी, महेश्वर गहतराज, परशुराम तामाङ, रामेश्वर राय, उर्मिला अर्याल,सत्या पहाडी, गणेशमान पुन, सावित्रि काफ्ले, सूर्य सुवेदी, सुनिल मानन्धर, सन्तकुमार चौधरी, नेपबहादुर चौधरी,परशुराम रम्तेल, दलजीत श्रीपाइली,कुलप्रसाद केसी, जोखबहादुर महरा, हितबहादुर तमाङ, हरि अधिकारी, जगप्रसाद शर्मा (अपार), मायाप्रसाद शर्मा, कालीबहादुर मल्ल, सीता खकुरेल, नारायणी शर्मा, हकिकुल्ला खाँ, महेश्वर पासवान, महेन्द्रबहादुर शाही, नरेश भण्डारी, राजुकमार, सुरेश आलेमगर, टेकबहादुर बस्नेत पनि पोलिटब्युरोमा हुनुहुन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?