छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचको मृत्यु

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौं, भक्तपुर, मोरङ, बारा र महोत्तरीमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोटमा बा.८ ख ८७२८ नम्बरको ट्रकले बा.५५ प ७६३६ नम्बरको स्कुटरलाई बिहीबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटरमा सवार नुवाकोट बेलकोट गढी नगरपालिका-८ जिरुङ बस्ने ३० वर्षीय नवराज सुनार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

भक्तपुरको चाँगुनारायण नगरपालिका-५ पिखेलमा बा.५ ख ५४२३ नम्बरको ट्रकमा बा.६७ प ८४२२ नम्बरको स्कुटर बिहीबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक भक्तपुर नगरपालिका-१ सल्लाघारी बस्ने ३२ वर्षीय माधव बस्नेत रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पताल हुँदै शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा प्र-१-०२-०४२ प २७६९ नम्बरको मोटरसाइकल बिहीबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनवर्सी नगरपालिका-१ केचना बस्ने ३३ वर्षीय रोशन श्रेष्ठ रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाराको आदर्श कोतवाल गाउँपालिका-५ रुपवलिया टोलमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने बिल्टु रामकी छोरी ३ वर्षीया सृष्टी कुमारीको बिहीबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको एनएमसी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकलको प्रहरीले खोजी गरिरहेको छ ।

महोत्तरीको महोत्तरी गाउँपालिका-५ गौरीगामास्थित सडकमा मडैबाट बलबातर्फ जाँदै गरेको ज.११ प १७२३ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका-६ बस्ने ३० वर्षीय मुकेश मण्डल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?