नागरिकता विधेयक फिर्ता लिएर भ्रूण हत्या गरियो : शेरबहादुर तामाङ

Read Time = 2 mins

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसद शेरबहादुर तामाङले नागरिकता विधेयक फिर्ता लिने सरकारी निर्णयलाई भ्रूण हत्यासँग तुलना गर्नुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

उक्त प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै सांसद तामाङले गृहमन्त्री खाँणको उक्त प्रस्तावलाई भ्रूण हत्यासँग तुलना गर्नुभयो ।

‘भर्खरै अहिले फौजदारी घटना घट्यो कि जस्तो लाग्यो । मन्त्रीज्यूले नागरिकता विधेयक फिर्ता लिनुभयो, नजन्मिँदै भ्रूण हत्या भयो,’ पूर्वमन्त्री तामाङले भन्नुभयो, ‘नागरिकता कानुनको हत्या भयो, गर्भपतन भएको छ भर्खर । त्यो नगरियोस्, जन्मिन दिउँ ।’

नागरिकता विधेयकलाई फिर्ता नलिन सरकारसँग आग्रह गर्नुभएको उहाँले तीन वर्ष संसदीय समितिमा छलफल गरेर दलीय सहमति कायम भएको विधेयक फिर्ता लिन नहुनेमा जोड दिनुभयो ।

विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने अवस्थामा फिर्ता लिन नहुने भन्दै उहाँले नमिलेका कुनै विषयमा पछि अर्को विधेयक ल्याएर संशोधन गर्न सकिने धारणा राख्नुभयो ।

अन्तिम अवस्थामा विधेयक फिर्ता लिन नहुने भन्दै सांसद तामाङले अब फेरि ल्याउँदा शून्यबाट सुरु गर्नुपर्ने अवस्थाबारे जानकारी गराउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?