एनसेलको ‘डबल मजा प्याक’

Read Time = 2 mins

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएको छ । कम्पनीले एक सय २५ रुपैयाँ पर्ने डेटा प्याक पुनः खरिद गरी आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन प्रोत्साहित गरेको हो ।

योजनाअन्तर्गत सात दिनको समयसीमा रहेको पाँच जिबी डेटा करसहित एक सय २५ रुपैयाँमा खरिद गर्न सकिनेछ । प्याकको समयसीमा सकिनुभन्दा पहिले नै सो प्याक पुनः खरिद गर्न सकिनेछ । सोही शुल्कमा अब पाँच जिबीको सट्टामा १० जिबी डेटा प्राप्त गर्न सकिनेछ ।

कम्पनीका अनुसार समयावधि सकिनुअघि नै नयाँ प्याक लिएमा डेटा भोल्युम र समयावधि दुवै सोहीअनुसार थपिँदै जाने अफरको विशेषता हो । कुनै ग्राहकले प्याक खरिद गरेको तीन दिनपछि सोही प्याक पुनः खरिद गरेमा नयाँ १० जिबी बाँकी डेटा भोल्युममा जोडिन्छ र समयसीमा पनि बाँकी रहेको चार दिनसहित ११ दिन हुन्छ ।

प्याक आवश्यकताअनुसार जति पटक पनि पुनः खरिद गर्न सकिनेछ भने कुल अधिकतम् समयसीमा २८ दिन रहनेछ । एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भन्नुभयो, ‘हामी आफ्ना ग्राहकलाई हाम्रो निरन्तरको प्रयास र नवीन सेवामार्फत् उत्कृष्ट सेवा अनुभव र यसको उचित मूल्य प्रदान गर्न प्रतिबद्ध छौँ । आफ्नो डेटाको सीमा सकिने कुनै चिन्ता नगरी सुलभ डेटा सेवाबाट फाइदा लिन पाइने भएकाले नयाँ डबल मजा प्याकले ग्राहकलाई ठूलो महत्व राख्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?