पश्चिम नवलपरासीमा चौध लाख बढी मूल्य बराबरको अवैध सामान बरामद

Read Time = 2 mins

-प्रकाश न्यौपाने

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ४ त्रिवेणी चोक बाट १४ लाख ११ हजार १ सय ४० मूल्य बराबरको अवैध चिनी तथा कपडा प्रहरीद्वारा बरामद गरिएको छ ।

ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख विरेन्द्र केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले दक्षिण तर्फबाट उत्तर तर्फ आउदै गरेको ना ६ ख २३८८ नं को ट्रकलाई चेकजाँच गर्ने क्रममा ट्रकमा भन्सार छली गरी अवैध रुपमा ल्याउदै गरेको ४१८ बोरामा २० हजार ८ सय ९४ केजी चिनी फेला परेकोले तत्काल ट्रकसहित नियन्त्रणमा लिईएको छ ।

बरामद चिनीको अन्दाजी मूल्य १२ लाख ५३ हजार ६ सय ४० बराबर रहेको छ । बरामद चिनी र ट्रक आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।

त्यस्तै सोही स्थानमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना ७ ख २०१५ नं को बसलाई चेकजाँच गर्ने क्रममा विना विल ल्याउँदै गरेको अन्दाजी १ लाख ५७ हजार ५ सय मूल्य बराबरको जेन्स टिसर्ट, लेडिज टप्स लगायतका बिभिन्न कपडा फेला पारेकोले तत्काल कपडा बरामद गरी बसलाई गन्तव्य तर्फ पठाईएको छ इलाका प्रहरी कार्यलय बर्दघाटले जानकारी दिएको छ । बरामद सामान महेशपुर भन्सार कार्यालय पठाइएको सूचना अधिकारी शाहीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?