विराटनगरमा ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

मोरङ । मोरङको विराटनगर महानगरपालिका-१४ मा हिजो बेलुका ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका-१३ का ५५ वर्षीय विजय बानिया रहेका छन् ।

ठक्करबाट गम्भिर घाइते भएका बानियाको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ६ ख १८३४ नम्बरको ट्याङ्करले हिजो बेलुका सवा ८ बजे बानियालाई ठक्कर दिएको हो । दुर्घटनामा संलग्न ट्याङ्कर सहित चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?