राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र एनआरएनए प्रतिनिधि मण्डलबीच भेटघाट

Read Time = 1 min

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधि मण्डलले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटघाट गरेको छ । भेटघाटमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्रि केसीलगायतका प्रतिनिधिले सरकारले संशोधनसहित प्रतिनिधिसभामा पेश गर्न लागेको नागरिकता ऐनबारे छलफल गर्नुभएको थियो ।

अध्यक्ष तिमिल्सिनाले गैरआवासीय नेपाली नागरिका विषयमा संविधानमा प्रावधान भएको विषयबाट पछि हट्न नसिकने र यदि यसमा केही सुधार गर्नुपर्ने विषय प्रतिनिधिसभाले नै गर्ने बताउनु भयो । साथै, उहाँले नागरिकता ऐन राष्ट्रिय सभामा पेश भएपछि संशोधित ऐनमाथि छलफल गरेर चाडै नै प्रक्रिया पूरा गरिदिने जानकारी गराउनु भयो ।

यस कार्यक्रममा उपाध्यक्ष महेशकुमार श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा र सचिवालयका अधिकृत कुनाल मिश्राको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?