किभ । रुस-युक्रेन युद्ध सुरु भएको पाँच महिना भइसकेको छ । युक्रेनमा अझ नयाँ आक्रमणको तयारीमा रुस देखिन्छ । यता, युक्रेनीहरूले रुसी स्थल सेनाबाट नयाँ आक्रमणको आशंका गरिरहँदा पश्चिमी राष्ट्रहरू भने बढ्दै गएको विश्वव्यापी ऊर्जा संकट अँगालिरहेका छन् ।
पछिल्लो समय बमबारीबाट ३० भन्दा बढी मानिस मारिएका छन् । यस्तै, रुसले तेल र ग्यासको आपूर्तिमा कटौति गरेमा ऊर्जा संकट अझ बढ्दै जाने देखिन्छ । युक्रेनका एक नेता जनरल स्टाफले रुसले देशभर गोलाबारी गरी डोनेटस्क प्रान्त कब्जा गर्न र युक्रेनको मुटु डोनबास औद्योगिक केन्द्रलाई नियन्त्रण गर्न आक्रमण तीव्र पारेको बताउनुभयो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबारदेखि रुसले ३४ वटा हवाई हमला गरेको र एउटाले पाँचतले अपार्टमेन्टमा ३१ जनाको ज्यान गएको र दर्जनौं मानिस भग्नावशेषमुनि फसेको बताउनुभएको छ । तर, मस्कोले नागरिकहरूलाई आक्रमणको निशाना बनाएको कुरालाई अस्वीकार गर्दै आएको छ ।
रुसी हमलामा परी धेरै युक्रेनी शहर र गाउँहरू भग्नावशेषमा परिणत भएको रोयटर्सले जनाएको छ । धेरै मानिसको ज्यान गइसकेको रुस–युक्रेन युद्ध दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा ठूलो द्वन्द्वको रूपमा अहिले पाँचौं महिनामा प्रवेश गरेको छ ।
रुसले युक्रेनीलाई नागरिकता दिने
रुसले अब सबै युक्रेनीलाई आफ्नो देशको नागरिकता दिने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका सबै नागरिकलाई रुसी नागरिकता दिने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको हो । पुटिनले सबै युक्रेनी नागरिकहरूलाई रुसी नागरिकता लिनका लागि प्रक्रियागत आदेशमा हस्ताक्षर गरेका छन् । यो आदेश रुसको आधिकारिक वेबसाइटमा पनि प्रकाशित गरिएको छ ।
यसअघि मे महिनामा पुटिनले दक्षिणी युक्रेनका केही भागका बासिन्दालाई रुसी नागरिकताको कार्यान्वयनलाई तीव्रता दिन आदेश जारी गर्नुभएको थियो । यसअघि यो सरलीकरण युक्रेनको डोनेट्स्क र लुहान्स्कका जनतालाई मात्रै नागरिकता दिने सन्दर्भमा लागू भएको थियो । डोनेट्स्क र लुहान्स्क मिलेर औद्योगिक डोनवास क्षेत्र बनाउँछन् । युक्रेनविरुद्ध युद्ध लड्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण लुहान्स्क र डोनेस्कलाई युक्रेनबाट स्वतन्त्र घोषणा गर्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच