काठमाडौं । नेपालमा बिवाइडी अटो इण्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक चीनको सियानमा आयोजित प्रतिष्ठित बिवाइडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा सम्मानित भएको छ । साइमेक्सले एसिया प्यासिफिक मेजर कन्ट्रिब्युसन डिष्ट्रिब्युटर अवार्ड र सेल्स कन्ट्रिब्युसन अवार्ड गरी दुई महत्वपूर्ण पुरस्कार प्राप्त गर्न सफल भएको हो । अपेक्षित थप उपलब्धि हासिल गर्दै र उल्लेखनीय बिक्री कार्यमा अघि बढ्दै साइमेक्स इंक एसिया प्यासिफिक क्षेत्रकै प्रमुख वितरक बन्न सफल भएको कम्पनीले जनाएको छ ।
अन्तर्राष्ट्रिय मञ्चहरूमा प्राप्त उपलब्धिबाहेक साइमेक्स इंकले चीनको सियानमा नेपाल एनुअल डिलर्स मिट २०२४ समेत आयोजना गरेको छ । नेपालमा बिवाइडी डिलरबीचमा आपसी सहयोग बढाउन, ज्ञान आदानप्रदान गर्न र सहकार्यलाई बलियो बनाउन उक्त इभेन्टले एउटा प्लेटफर्मको कार्य गरेको कम्पनीको भनाइ छ ।
सो अवसरमा साइमेक्सको सन् २०२४ को योजनामार्फत् नेटवर्क विस्तारलाई प्रस्तुत गरिएको थियो । कम्पनीका अनुसार हाल विभिन्न १५ स्थानमा बिवाइडी शोरुम स्थापना गरिएका छन् भने थप तीन शोरुम स्थापित हुने क्रममा रहेका छन् । साइमेक्स इंकले हाल विभिन्न स्थानमा २३ डिसी फास्ट चार्जर स्थापना गरेको छ भने थप विस्तारका क्रममा रहेका छन् ।
कम्पनीका अध्यक्ष अनिल श्रेष्ठले भन्नुभयो, ‘हामी बिवाइडीबाट सम्मानित भएका छौँ र प्रतिष्ठित पुरस्कार ग्रहण गरेका छौँ । यो पहिचान हाम्रो टिमको कडा परिश्रम र समर्पणका साथै मूल्यवान ग्राहक र साझेदारको अटुट समर्थनको प्रमाण हो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच