सुरेन्द्र महर्जन ‘अमर’ को अडियो सार्वजनिक

Read Time = 3 mins

काठमाडौं । ‘अन्तरंग’ भित्रका सुरेन्द्र महर्जन ‘अमर’ को अडियो सार्वजनिक भएको छ । साहित्यकार एवं पत्रकार विनोद दाहाल वत्सद्वारा विभिन्न व्यक्तित्वहरू माथि लेखिएको एक विश्लेषणयुक्त पुस्तक ‘अन्तरंग’ (केही अग्रणी व्यक्तित्वसँगको विमर्श) गर्दै एक समारोहबीच सार्वजनिक भएपछि उक्त पुस्तकमा विभिन्न व्यक्तिहरूको विषयमा लिखित उहाँहरूका सम्पूर्ण विवरण उहाँहरूले आ–आफ्ना क्षेत्रमा देशको निमित्त के-के योगदान दिनुभयो भन्नेबारेमा केन्द्रित छ ।

उहाँहरूको विषयमा साहित्यकार एवं पत्रकार विनोद दाहालले लेख्नु भएको कृति ‘अन्तरंग’ पुस्तकभित्र साहित्यकार, गीतकार, कवि, गायक, चित्रकार, कलाकार, चित्रकार, हाइकुकार, उपन्यासकार बहुआयामिक व्यक्तित्व सुरेन्द्र महर्जन ‘अमर’ को विषयमा लिखित अन्तरंगभित्रका एक व्यक्तित्व उहाँको विषयमा लिखित अन्तरंगको अडियो सार्वजनिक भएको हो ।

पुस्तक अन्तरंगभित्र ‘अमरताको चाहना राख्ने स्रष्टा सुरेन्द्र महर्जन ‘अमर’ विषयमा लिखित लेखको सुमधुर उद्घोषण रूपा अकौलियाले गर्नुभएको छ । ओएसनेपालको तर्फबाट अडियो बनाएर वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को सम्मानस्वरूप सहयोग गरेको ओएसनेपालको तर्फबाट विवेक कार्कीले बताउनुभयो । अडियो अमर म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

‘अन्तरंग’ पुस्तकभित्र सुरेन्द्र महर्जन ‘अमर’, डा.अर्जुनदेव भट्ट, ओमप्रसाद कोइराला, कलानिधि दाहाल, खडनन्द लुइँटेल, खेमनाथ दाहाल, डा.डीआर उपाध्याय, ताराबहादुर कुँवर, तेजप्रकाश बानियाँ, दुर्गा अधिकारी ‘भमरकोटे’, धनविक्रम सिंह, पुरुषोत्तम दाहाल, पुष्पमान अमात्य, प्रतापराज वन्त, माधव रेग्मी, रञ्जुश्री पराजुली, लेखनाथ पोखरेल, वियोगी बुढाथोकी, डा.विष्णु केसी, शम्भु कोइराला र हरिभक्त सिग्देल ‘महेश’ गरी एक्काइस जना विशिष्ट व्यक्ति रहनु भएको छ । पुस्तक मुक्तिनाथ दर्शन साहित्य समाज नेपालबाट प्रकाशित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?