ललितपुर । ललितपुरको हात्तिवनमा गएराती स्कुटर अनियन्त्रीत भएर रोकी राखेको ट्रकको पछाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक ललितपुरको गोदावरी नगरपालिका-५ लेले घर भई हाल नख्खु बस्ने अन्दाजी २० बर्षीय सुरेश मोक्तान रहेका छन् ।
गम्भीर घाइते भएका मोक्तानको उपचारको लागी अस्पताल लैजादै गर्दा बाटौमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पाटन अस्पतालमा राखिएको छ ।
हात्तिवन स्थित सडक छेउमा रोकी राखेको बाग्मती प्रदेश ०१-००५ख ९४७५ नम्बरको ट्रकको पछाडी मोक्तानले चलाएको बाग्मती प्रदेश ०२-००७प ८६३८ नम्बरको स्कुटर गएराती पौने १ बजे ठोकिएको प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच