एनएसएलमा आज इलाम र वीरगञ्ज खेल्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज स्पोर्टिङ इलाम र वीरगञ्ज युनाइटेडबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ पाँच बजे शुरु हुनेछ । दुई नयाँ टोली यस सिजनमा अंक तालिकामा पुछारमा छन् ।

४ अङ्क जोडेको इलामले अहिलेसम्म ५ खेल खेलेकोमा एकमा जित तथा एकमा बराबरी र तीनमा हार व्यहोरेको छ।

यस्तै, वीरगञ्जले ४ खेलमा दुईमा बराबरी र दुईमा हार ब्यहोरेको छ। वीरगञ्जको मात्र २ अङ्क छ। प्रतियोगितामा हिजो झापा फुटबल क्लबले पहिलो जित निकालेको थियो। झापाले बुटवल लुम्बिनीलाई १-० गोलले हराएको हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?